पोखरा–२९ स्थित आदर्श युवा क्लबको अध्यक्षमा हमाल
- गाउँ सहर संवाददाता
- १५ कार्तिक आइतबार, २०८३ | २१:४२:०० मा प्रकाशित
लेखनाथ । पोखरा महानगरपालिका वडा नं २९ को भण्डारढिकस्थित आदर्श युवा क्लबको अध्यक्षमा विष्णु हमाल सर्वसम्मत चयन भएका छन् । क्लबको २९ औं साधारणसभा तथा १४ औँ अधिवेशन अन्तर्गत आइतवार नयाँ नेतृत्व चयनका क्रममा उनी अध्यक्षमा चयन भएका हुन् ।
यसैगरी समितिको उपाध्यक्षमा सन्तोष गुरुङ सचिवमा ओमप्रसाद कुमाल कोषाध्यक्षमा कृष्ण कुमाल सहसचिवमा राजीव भण्डारी चयन भएका छन् ।
सदस्यहरूमा भीषण गुरुङ ,राहुल गुरुङ, बेलप्रसाद गुरुङ, सञ्जय कुमाल, सुवास गुरुङ र जीवन तामाङ चयन भएका छन्। कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको निर्वाचन संयोजक मदन तिवारीले बताए ।
यसअघि कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तित्वका रूपमा बोल्दै पोखरा महानगरपालिका कार्यपालिका सदस्य एवम् वडा नम्बर २९ की सदस्य निर्मला पौडेलले मिलेर हातेमालो गर्दै अगाडि बढ्न आग्रह गरिन्। उनले क्लबमा आउने पदाधिकारीहरूले निस्वार्थ रुपमा समाजसेवामा जुट्न आग्रह गरिन्। कार्यक्रममा अध्यक्ष पदम गुरुङ र सचिव सन्तोष गुरुङको वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष विष्णु हमालको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरिएका थिए ।
अध्यक्ष पदम गुरुङको अध्यक्षतामा सम्पन्न साधारण सभामा लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका पराजुली, नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रिय सदस्य छत्रधर आत्रेय, गण्डकी ट्रक व्यवसायी समिति का अध्यक्ष सुरेन्द्र त्रिपाठी ,क्लबका स्थापनाकालीन अध्यक्ष चेतबहादुर गुरुङ भण्डारढिक टोल विकास संस्थाका अध्यक्ष अरुण गुरुङ, क्लबका पूर्व अध्यक्ष विजय गुरुङ, निर्माण व्यवसायी समिति लेखनाथका अध्यक्ष भीमबहादुर नेपाली , लगायतले शुभकामना मन्तव्य दिँदै क्लबको सक्रियतामा आदर्श क्लबको पहिचान बनेको आदर्श क्लबको पहिचान बनेको फुटबल खेलको निरन्तरता र खेल मैदानको स्तोन्नतिमा लाग्न आग्रह गरे ।
वक्ताहरुले अलपत्र रूपमा रहेको कबर्ड हल अगाडि बढाउनका लागि विशेष पहल गर्नुपर्नेमा जोड दिएका थिए। खुल्ला व्यायामशाला र बास्केटबलकोट निर्माण सम्पन्न भएर पनि संरक्षण हुन नसकेकामा चिन्ता समेत व्यक्त गरिएको थियो। क्लबका अध्यक्ष पदम गुरुङले स्वागत गरेको कार्यक्रम सचिव सन्तोष गुरुङले सञ्चालन गरेका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार
- मधेशी युवालाई वक्ताहरूको आह्वान : अब अरूको मुख नताकौँ, आफैँ नेतृत्व गरौँ
- नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनले आजदेखि कति तिर्नुपर्नेछ
- एनपीएलमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै
- अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, देशभर मौसम क्रमिक रूपमा सुधार हुने
- घरपरिसरमै सुधारिएको खानेपानीको पहुँच ९० प्रतिशतमा, सुरक्षित पानी पाउने जनसङ्ख्या ४७.५ प्रतिशत मात्रै
- लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द, अंक बाँडियो
- मनाङमा २४ घण्टामै १०४.४ मिलिमिटर वर्षा, सतर्कता अपनाउन आग्रह
- समाचार लेखेकै भरमा पत्रकारमाथि धरपकड : लोकतन्त्रमा सरकारको शक्ति कि असहिष्णुताको प्रदर्शन?
- पहिरोले बीपी राजमार्ग अवरुद्ध
प्रतिकृया दिनुहोस