मनाङमा २४ घण्टामै १०४.४ मिलिमिटर वर्षा, सतर्कता अपनाउन आग्रह
- गाउँ सहर संवाददाता
- १४ कार्तिक शनिबार, २०८३ | ०९:०४:०० मा प्रकाशित
काठमाडौँ। पछिल्लो २४ घण्टामा मनाङमा उल्लेख्य वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनाङको ताल मौसम मापन केन्द्रमा १०४.४ मिलिमिटर वर्षा मापन गरिएको हो।
महाशाखाका अनुसार बङ्गालको खाडीमा विकसित अर्नब चक्रवातको अवशेष र पश्चिमी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। वर्षासँगै हिमाली क्षेत्रमा हिमपातसमेत जारी रहेको छ।
वर्षाका कारण चिसो बढ्न सक्ने तथा जोखिमयुक्त स्थान र सडक आसपास पहिरो खस्ने सम्भावना रहेकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। सडक तथा हवाई यातायात प्रभावित हुनुका साथै दैनिक जनजीवनमा समेत असर पर्न सक्ने भन्दै सर्वसाधारण र सम्बन्धित निकायलाई आवश्यक पूर्वतयारी गर्न अनुरोध गरिएको छ।
महाशाखाका अनुसार पछिल्लो अवधिमा देशका अधिकांश स्थानमा मध्यम वर्षा भएको छ। गण्डकी प्रदेशका केही स्थान तथा मधेस र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षा भएको छ।
यसैबीच, मौसम महाशाखाले अपराह्नदेखि अर्नब चक्रवातको अवशेषको प्रभाव क्रमशः कमजोर हुँदै जाने आकलन गरेको छ। यद्यपि मौसममा आएको परिवर्तनलाई ध्यानमा राख्दै जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- समाचार लेखेकै भरमा पत्रकारमाथि धरपकड : लोकतन्त्रमा सरकारको शक्ति कि असहिष्णुताको प्रदर्शन?
- पहिरोले बीपी राजमार्ग अवरुद्ध
- पर्यटन प्रवर्धन गर्न बेगनास ताल किनारमा फिस फेस्टिभल
- ‘तपाईंहरूको सुशासनमा पञ्चायती गन्ध आयो’ - जेन–जी अगुवा रक्षा बम
- गृह मन्त्रालयद्वारा एन-प्याब्सन निलम्बित
- नेप्से ५ अंकले घट्यो, सूचक घटे पनि लगानीकर्ताको उत्साह
- प्रधानमन्त्री कार्यालयको कालो सूचीमा परे यी ६ निर्माण कम्पनी
- २४ घण्टामा सबैभन्दा धेरै वर्षा काभ्रेको रोशीमा
- अब कृषि विकास बैंकको स्मार्ट प्लस एपबाटै डिसहोमका सेवा नवीकरण गर्न सकिने
- नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
प्रतिकृया दिनुहोस