चीनको तिब्बतमा पुन: ड्याम फुट्यो, सतर्कता अपनाउन आग्रह
- गाउँ सहर संवाददाता
- १२ भदौ शुक्रबार, २०८३ | १२:०३:०० मा प्रकाशित
काठमाडौं । चीनको तिब्बतमा पुन: ड्याम फुटेको सूचना प्राप्त भएको छ ।
नेपाल प्रहरीले अनुसार चिनियाँ पक्षबाट उक्त सूचना आएकोले सुरक्षित स्थानतर्फ जान आग्रह गरेको छ ।
चिनियाँ जलस्रोत मन्त्रालयले हिजो नेपालको छोचेन खोला र पुरेपु साङ्पो नदीको संगमस्थल (दोभान) नजिकै एउटा ठूलो ‘ताल’ बनेको बताएको थियो ।
बिहीबार बिहानसम्म सो तालमा २० लाख घनमिटर पानी जम्मा भइसकेको र तालको पानी भरिएर बाहिर बग्न थालिसकेको अनुमान गरिएको चीनको ग्लोबल टाइम्सले समाचार लेखेको थियो ।
तीन दिनभित्र सो तालमा थप ३० लाख घनमिटर पानी थपिने आँकलनसहित पुन: फुट्ने उच्च जोखिम रहेको चेतावनी दिइएको थियो ।
बाढीको पुनः जोखिम बढेपछि चीनले उद्धार कार्य स्थगित गरिसकेको छ ।
चिनियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभीका अनुसार पहिरोको गेग्रान र लेदो जम्मा भएर बनेको एउटा अस्थायी ताल फुटेर उद्धार टोली खटिएको क्षेत्रतर्फ बग्न थालेपछि उद्धार कार्य रोकिएको हो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनले आजदेखि कति तिर्नुपर्नेछ
- एनपीएलमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै
- अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, देशभर मौसम क्रमिक रूपमा सुधार हुने
- घरपरिसरमै सुधारिएको खानेपानीको पहुँच ९० प्रतिशतमा, सुरक्षित पानी पाउने जनसङ्ख्या ४७.५ प्रतिशत मात्रै
- लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द, अंक बाँडियो
- मनाङमा २४ घण्टामै १०४.४ मिलिमिटर वर्षा, सतर्कता अपनाउन आग्रह
- समाचार लेखेकै भरमा पत्रकारमाथि धरपकड : लोकतन्त्रमा सरकारको शक्ति कि असहिष्णुताको प्रदर्शन?
- पहिरोले बीपी राजमार्ग अवरुद्ध
- पर्यटन प्रवर्धन गर्न बेगनास ताल किनारमा फिस फेस्टिभल
- ‘तपाईंहरूको सुशासनमा पञ्चायती गन्ध आयो’ - जेन–जी अगुवा रक्षा बम
प्रतिकृया दिनुहोस