चीनको तिब्बतमा पुन: ड्याम फुट्यो, सतर्कता अपनाउन आग्रह
- गाउँ सहर संवाददाता
- १२ भदौ शुक्रबार, २०८३ | १२:०३:०० मा प्रकाशित
काठमाडौं । चीनको तिब्बतमा पुन: ड्याम फुटेको सूचना प्राप्त भएको छ ।
नेपाल प्रहरीले अनुसार चिनियाँ पक्षबाट उक्त सूचना आएकोले सुरक्षित स्थानतर्फ जान आग्रह गरेको छ ।
चिनियाँ जलस्रोत मन्त्रालयले हिजो नेपालको छोचेन खोला र पुरेपु साङ्पो नदीको संगमस्थल (दोभान) नजिकै एउटा ठूलो ‘ताल’ बनेको बताएको थियो ।
बिहीबार बिहानसम्म सो तालमा २० लाख घनमिटर पानी जम्मा भइसकेको र तालको पानी भरिएर बाहिर बग्न थालिसकेको अनुमान गरिएको चीनको ग्लोबल टाइम्सले समाचार लेखेको थियो ।
तीन दिनभित्र सो तालमा थप ३० लाख घनमिटर पानी थपिने आँकलनसहित पुन: फुट्ने उच्च जोखिम रहेको चेतावनी दिइएको थियो ।
बाढीको पुनः जोखिम बढेपछि चीनले उद्धार कार्य स्थगित गरिसकेको छ ।
चिनियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभीका अनुसार पहिरोको गेग्रान र लेदो जम्मा भएर बनेको एउटा अस्थायी ताल फुटेर उद्धार टोली खटिएको क्षेत्रतर्फ बग्न थालेपछि उद्धार कार्य रोकिएको हो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
- आज जनैपूर्णिमा र रक्षाबन्धन पर्व मनाइँदै, यसकारण लगाइन्छ जनै र रक्षाबन्धन
- विपत्तिमा कोटेश्वर क्याम्पसको साथ, बाढीपीडितका लागि ५१ हजार सहयोग
- सर्वदलीय बैठक: १० बुँदे सर्वदलीय संकल्प, उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन
- भोटेकोशी बाढी प्रभावितका नाममा जथाभावी आर्थिक सहयोग संकलन नगर्न र नगराउन आग्रह
- ‘यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न’ : बाढीपीडितलाई प्रधानमन्त्री शाहको ढाडस
- डीडीसीले सुरु गर्यो घिउ निर्यात
- नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की
- बागमतीमा ६ मन्त्रीले लिए शपथ
- विद्यार्थीको मौन तनाव बुझ्न महाकालीका शिक्षकलाई तीनदिने प्रशिक्षण
प्रतिकृया दिनुहोस