एनपीएलमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै
- गाउँ सहर संवाददाता
- १५ कार्तिक आइतबार, २०८३ | ०७:०९:०० मा प्रकाशित
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल अपराह्न ५ बजे सुरु हुनेछ। दुवै टोली आजको खेलमा जित निकाल्दै प्रतियोगितामा आफ्नो स्थिति बलियो बनाउने लक्ष्यसहित मैदान उत्रनेछन्।
तेस्रो संस्करणमा जनकपुरले अहिलेसम्म दुई खेल खेलिसकेको छ। पहिलो खेलमा कर्णाली याक्ससँग पराजित भएको जनकपुरले दोस्रो खेलमा काठमाडौँ गोर्खाजलाई हराउँदै प्रतियोगितामा पहिलो जित दर्ता गरेको थियो।
यता, पोखरा एभेन्जर्सले भने प्रतियोगिताको पहिलो खेलमै सुदूरपश्चिम रोयल्ससँग पराजय बेहोरेको थियो। त्यसैले आजको खेल पोखराका लागि पहिलो जितको खोजी गर्ने अवसरसमेत हुनेछ।
जनकपुर जितको लय कायम राख्ने योजनामा रहँदा पोखरा पहिलो जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रनेछ। यसले आजको खेल प्रतिस्पर्धात्मक र रोचक हुने अपेक्षा गरिएको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पोखरा–२९ स्थित आदर्श युवा क्लबको अध्यक्षमा हमाल
- जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार
- मधेशी युवालाई वक्ताहरूको आह्वान : अब अरूको मुख नताकौँ, आफैँ नेतृत्व गरौँ
- नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनले आजदेखि कति तिर्नुपर्नेछ
- अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, देशभर मौसम क्रमिक रूपमा सुधार हुने
- घरपरिसरमै सुधारिएको खानेपानीको पहुँच ९० प्रतिशतमा, सुरक्षित पानी पाउने जनसङ्ख्या ४७.५ प्रतिशत मात्रै
- लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द, अंक बाँडियो
- मनाङमा २४ घण्टामै १०४.४ मिलिमिटर वर्षा, सतर्कता अपनाउन आग्रह
- समाचार लेखेकै भरमा पत्रकारमाथि धरपकड : लोकतन्त्रमा सरकारको शक्ति कि असहिष्णुताको प्रदर्शन?
- पहिरोले बीपी राजमार्ग अवरुद्ध
प्रतिकृया दिनुहोस