लायन्स क्लब ३२५ 'ई' को डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटरीमा पाेखरेल, ट्रेजररमा र चाैलागाईँ
- गाउँ सहर संवाददाता
- २६ बैशाख शुक्रबार, २०८२ | १९:१७:०० मा प्रकाशित

काठमाडाैं । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ 'ई' को डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटरीमा लायन भुवन पाेखरेल र क्याबिनेट ट्रेजररमा लायन गाेविन्द प्रसाद चाैलागाईँ मनाेनित भएका छन् ।
आगामी वर्ष सन् २०२५ /२६ का लागि डिस्ट्रिक्ट गभर्नरमा निर्वाचित हालका प्रथम भाइस डिस्ट्रिक्ट गभर्नर हिरा प्रसाद गुप्ताले डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटरीमा पाेखरेल र क्याबिनेट ट्रेजररमा चाैलागाईँलाई मनाेनित गरेका हुन् ।
काठमाडाैंमा बैशाख १८ गते सम्पन्न तेस्रो महाधिवेशनले लायन वर्ष सन् २०२५ /२६ काे लागि गभर्नरमा हालका फस्ट भाइस डिस्ट्रिक्ट गभर्नर हिरा प्रसाद गुप्ता, त्यसैगरी हालका सेकेण्ड भाइस डिस्ट्रिक्ट गभर्नर जाे आउँदो वर्षका लागि फस्ट भाइस डिस्ट्रिक्ट गभर्नर लायन श्याम कुमार यादव र अहिलेका चिफ एडमिनिस्ट्रेटर आउँदो वर्षका लागि सेकेण्ड भाइस डिस्ट्रिक्ट गभर्नर लायन बिमल कुमार श्रेष्ठ निर्वाचित भइसकेका छन् ।
डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटरीमा मनाेनित पाेखरेल हाल डिष्ट्रिक्ट चिफ काउन्सिलर छन् भने क्याबिनेट ट्रेजररमा मनाेनित चाैलागाईँ हाल एरिया को-अर्डिनेटर छन् ।
डिस्ट्रिक्टका अन्य सम्पूर्ण पदाधिकारीहरू पनि चाँडै घोषणा गरिने आउँदो वर्षका गभर्नर तथा हालका फस्ट भाइस डिस्ट्रिक्ट गभर्नर गुप्ताले जानकारी दिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भारत–पाकिस्तानबीच युद्धविराम, सैन्य कारबाही रोक्न सहमत
- पाकिस्तानसँगको तनावले नेपालको आपूर्तिमा समस्या हुँदैन - भारत
- देशभरीका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन हुन्छ : मन्त्री यादव
- निर्माण गर्दागर्दै भत्कियो रामेछापमा पुल
- पाकिस्तानमा रहेका नेपालीको सुरक्षाप्रति नेपाल सरकार गम्भीर: परराष्ट्र मन्त्रालय
- संसदमा नीति तथा कार्यक्रममाथि छलफल सकिँदै (लाइभ)
- नीति तथा कार्यक्रममाथिको छलफल आज अन्तिम दिन
- भारत-पाकिस्तान तनावबारे नेपालकाे यस्ताे छ आधिकारिक धारणा
- दिनभर उतारचढाबपूर्ण रहेको शेयर बजार दोहोरो अंकले घटेर बन्द
- राजावादीले राजसंस्था पुन:स्थापनाका लागि जेठ १५ गतेबाट अनिश्चितकालीन जनआन्दोलन
प्रतिकृया दिनुहोस