दिगोविकास
नयाँ गभर्नरसँगै नेप्से सुरुवातमा बढे पनि अन्तिममा राताम्मे
- गाउँ सहर संवाददाता
- ७ जेठ बुधबार, २०८२ | १६:०७:०० मा प्रकाशित

काठमाडाैँ। सेयरबजार परिसूचक नेप्से सुरुवातमा बढे पनि अन्तिममा राताम्मे बनेर बन्द भएको छ। बुधबार नेप्से ६.९३ अंकले घटेर २६७०.५१ अंकमा झरेर बन्द भएको हो।
नेपाल राष्ट्रबैंकले गभर्नरमा डा. विश्व पौडेल पाएसँगै त्यसको प्रभाव बजारको सुरुवातमा परेको थियो तर अन्तमा भने राताम्मे बनेर बन्द भएको हो।
आज कुल १० अर्ब ६९ करोडको कारोबार भएको छ भने कारोबारमा आएका १५३ वटा कम्पनीको मूल्य घट्दा ९३ वटा कम्पनीको भने बढेको हो। बढ्नेमा ओम मेघाश्री फर्माको ९.९९ प्रतिशतले मूल्य बढेको हो। घट्नेमा भने आज बाराही हाइड्रो अगाडि छ। यो कम्पनीको सेयर मूल्य ८.२७ प्रतिशतले घटेको हो।
आज कारोबारमा राधी जलविद्युत् कम्पनी भने अगाडि छ। यो कम्पनीको ७१ करोडको कारोबार भएको छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शेयर बजार अब विस्तारै उकालो लाग्ने लगानीकर्ताकाे विश्वास, यस्ताे रह्याे आज
- यी हुन् मन्त्रिपरिषद बैठकका निर्णयहरू
- शेयरबजारमा देखियाे उछाल, दुई प्रतिशतले वृद्धि
- प्रतिनिधिसभा बैठक प्रत्यक्ष प्रसारण
- हेल्थी च्वाइस एस्थेटिक अस्पतालको अफरमा एससीटी–युपीआई कार्डमार्फत भुक्तानी गर्दा थप ५ प्रतिशत छुट
- आजको बैठकमा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा सदस्यहरूले सोधेका प्रश्नको जवाफ दिने
- निर्णयानुसार माग पूरा नभए आंशिक प्राध्यापकले ९ गतेदेखि त्रिचन्द्र बन्द गर्ने
- सेयर बजार आज बढेर बन्द, ७ अर्ब १३ करोडको कारोबार
- सुनिल पौडेलसहित पाँचजना र कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा, पाँच करोड ७९ लाख बिगो दाबी
- प्रभु बैंकका ग्राहकलाई इला होटल र मौलाकाली केबलकारमा छुट
प्रतिकृया दिनुहोस