अर्थतन्त्र
सेयर बजारमा दोहोरो अंकको गिरावट, काराेबार पनि ५ अर्बमै सीमित
- गाउँ सहर संवाददाता
- २१ जेठ बुधबार, २०८२ | १५:४०:०० मा प्रकाशित

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बुधबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.९७ अंकले घटेर २६४६.९५ विन्दुमा सीमित भएको छ ।
अघिल्लो कारोबार दिन मंगलबार पनि नेप्से ३५.७३ अंकले घटेर २६५८ विन्दुमा रोकिएको थियो ।
बुधबार नेप्सेमा कुल ५ अर्ब १६ करोड रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । अघिल्लो कारोबार दिन मंगलबार भने नेप्सेमा कुल ६ अर्ब ४६ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
बुधबार कारोबारमा आएकामध्ये ६६ कम्पनीको सेयर मूल्य बढ्दा १८१ कम्पनीको घटेको छ । यस्तै, १ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।
आज ओम मेगाश्री र पियोर इनर्जीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा अधिकांश सूचक राताम्य भएका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
- पतञ्जली जग्गा प्रकरणमा माधव नेपाल जाेडिएकाे घटनामा कहिले के भएकाे थियाे ?
- माधव नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायरपछि अहिलेसम्मका विकसित घटनाक्रम
- कोटेश्वर बहुमुखी क्याम्पस र मनोहरा सरसफाई तथा सम्पदा बचाऊ अभियानले मनायो वातावरण दिवस
- नेदरल्याण्ड्समाथि नेपालकाे शानदार जित
- “युवाले हाल जे–जस्तो छ, त्यसैमा सन्तोष मान्नु हुन्न- परिवर्तनका लागि र राम्राका लागि लाग्ने स्वभाव बोक्नुपर्छ”
- नेदरल्यान्डलाई जित्न नेपालले २२६ रन बनाउनुपर्ने
- भोलिसम्मका लागि सर्यो प्रतिनिधिसभाकाे बैठक
- राष्ट्रियसभा बैठकमा के छलफल भइरहेकाे छ ? (लाइभ)
- यी प्रदेशमा धेरै वर्षाको सम्भावना
प्रतिकृया दिनुहोस