भोलिसम्मका लागि सर्यो प्रतिनिधिसभाकाे बैठक
- गाउँ सहर संवाददाता
- २१ जेठ बुधबार, २०८२ | १५:५६:०० मा प्रकाशित

काठमाडाैं । प्रतिनिधिसभा बैठक भोलि बिहीबार दिउँसो १ बजेका लागि सारिएको छ । सूचना टाँस गरेर बैठक बिहीबारका लागि सारिएको हो ।
यसअघि बैठक बुधबार दिउँसो १ बजेका लागि तय भएको थियो । तर, सत्ता र प्रतिपक्षबीच सहमति नजुटेपछि सूचना टाँस गरेर दिउँसो ३:१५ बजेका लागि बैठक सारिएको थियो ।
यो समयमा पनि बैठक बस्ने वातावरण नबनेपछि सभामुखले भोलिका लागि बैठक सारेका हुन् ।
यसअघि सभामुख घिमिरेले निरन्तर अवरुद्ध भइरहेको संसद् खुलाउने विषयमा प्रमुख दलका सचेतकसँग छलफल थिए । तर, छलफल निष्कर्षविहीन भयो ।
छलफलमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसिया पनि सहभागी भए । छलफलमा सत्तापक्ष र प्रतिपक्ष आ-आफ्नो अडानबाट टसमस नभएपछि निकास निस्किएन ।
मंगलबार पनि प्रतिनिधिसभा बैठक बस्न सकेको थिएन । दुई पटक सूचना टाँसेर बस्दै नबसी बैठक बुधबार दिउँसो १ बजेसम्मका स्थगित भएको थियो ।
भिजिट भिसा दुरुपयोग प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने विपक्षी दलको माग छ भने सत्तापक्ष त्यसमा तयार छैन । सत्तापक्षले गृहमन्त्रीले सदनमा बोल्न पाउनुपर्ने अडान राखेको छ ।
विपक्षी दलहरूले भिजिट भिसा प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने समेत माग राखेका छन् । सत्ता पक्ष समिति गठनका लागि सकारात्मक नभएको विपक्षीको आरोप छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
- पतञ्जली जग्गा प्रकरणमा माधव नेपाल जाेडिएकाे घटनामा कहिले के भएकाे थियाे ?
- माधव नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायरपछि अहिलेसम्मका विकसित घटनाक्रम
- कोटेश्वर बहुमुखी क्याम्पस र मनोहरा सरसफाई तथा सम्पदा बचाऊ अभियानले मनायो वातावरण दिवस
- नेदरल्याण्ड्समाथि नेपालकाे शानदार जित
- “युवाले हाल जे–जस्तो छ, त्यसैमा सन्तोष मान्नु हुन्न- परिवर्तनका लागि र राम्राका लागि लाग्ने स्वभाव बोक्नुपर्छ”
- नेदरल्यान्डलाई जित्न नेपालले २२६ रन बनाउनुपर्ने
- राष्ट्रियसभा बैठकमा के छलफल भइरहेकाे छ ? (लाइभ)
- सेयर बजारमा दोहोरो अंकको गिरावट, काराेबार पनि ५ अर्बमै सीमित
- यी प्रदेशमा धेरै वर्षाको सम्भावना
प्रतिकृया दिनुहोस