झापा । झापाको हल्दीवारी गाउँपालिका–४, ओली चोकमा आगलागीमा घाइते भएका एक व्यक्तिको मृत्यु भएको छ । आगलागीमा गम्भीर घाइते भएका ६० वर्षीय पुण्यप्रसाद ओलीको उपचारको क्रममा किर्तिपुरस्थित बर्न अस्पतालमा निधन भएको हो ।
घटना साउन ६ गते बिहान करिब ८:४० बजे भएको थियो । आफ्नै पक्की घरको दोस्रो तल्लामा खाना पकाउने क्रममा ग्यास लिक भई अचानक आगो सल्किँदा घरका चारजना आगलागीमा परेका थिए ।
आगो निभाउने प्रयासमा उनीहरू घाइते भएकाे प्रहरीले बताएकाे छ ।
घाइतेमध्ये पुण्यप्रसाद ओलीलाई प्रारम्भिक उपचारपछि झापाको ओम साई पाथीभरा अस्पताल हुँदै थप उपचारका लागि काठमाडौंको कीर्तिपुर बर्न अस्पताल लगिएको थियो । साउन १० गते बिहान ११:३५ बजे उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
प्रतिकृया दिनुहोस