अर्थतन्त्र
सामान्य अंकले बढ्यो नेप्से, झण्डै ११ अर्बको कारोबार
- गाउँ सहर संवाददाता
- १९ श्रावण सोमबार, २०८२ | १५:४४:०० मा प्रकाशित

काठमाडाैं । सेयरबजार परिसूचक नेप्से आज ८.६३ अंकले बढेर २८६७.५३ विन्दुमा बन्द भएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार १० अर्ब ८२ करोड २० लाख रुपैयाँबराबरको कारोबार भएको हो।
दोस्रो कारोबार दिन १६२ वटा सेयरको मूल्य बढ्दा १६१ वटाको घटेको छ। दुईवटाको भने अघिल्लो मूल्यमै कारोबार भएको छ।
यस दिन सबैभन्दा बढी मुक्तिनाथ विकास बैंक, सगरमाथा जलविद्युत्, मौलुङ हाइड्रो, लिबर्टी इनर्जी, कालिका पावरको सेयर मूल्य बढेको छ।
तर ट्रेड टावर लिमिटेड, सान्भी इनर्जी लिमिटेड, नेपाल फाइनान्स, सिभिल बैंकको डिबेन्चर, सप्तकोशी डेभलपमेन्ट बैंक र कुमारी इक्विटी फन्डको सेयर मूल्य भने घटेको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन सबैभन्दा बढी कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कक्षा १२ मा कुन जीपीएमा कति विद्यार्थी भए उत्तीर्ण ? ग्रेड वृद्धि परीक्षा भदौ २८ र २९ गते
- कक्षा १२ को नतिजा सार्वजनिक, ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण
- लामाको बहिर्गमनपछि बागमतीमा नयाँ सरकार गठनका लागि आह्वान, बानियाँको दाबी पेस
- प्रधानमन्त्री ओली तुर्कमेनिस्तान प्रस्थान, यस्ता छन् कार्यक्रम
- प्रतिनिधिसभाको बैठक बस्दै, यस्ताे छ कार्यसूची
- दोस्रो चरणको पेट्रोलिमय पाइपलाइन परियोजना निर्माण सुरू
- वैदेशिक रोजगारीमा गएका नेपालीहरूकाे मृत्यु संख्या अत्यासलाग्दाे
- भारतीय प्रतिद्वन्द्वी नकआउट गर्दै रविन्द्र ढाँट च्याम्पियन
- एनपीएलकाे पहिलाे संस्करणमा क्यानकाे मुनाफा २ कराेड ४६ लाख
- नेपालमा महिला टी-२० विश्वकपको ग्लोबल छनोट आयोजना हुने
प्रतिकृया दिनुहोस