गाउँ सहर

आजबाट सरकारको औचित्य समाप्त : शेखर कोइराला

काठमाडाैँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कलिला युवा विद्यार्थीहरुमाथि बर्वर ढंगबाट गोली प्रहार गरेको आरोप सरकारलाई लगाएका छन् । समाजिक सञ्जालमार्फत जेनजीहरुलाई पत्र लेख्दै उनले जीनको आन्दोलमा आफ्नो साथ रहेको बताएका छन् । 

काेइरालाले भनेका छन्, ‘सरकारले गरेको तपाईं हाम्रा प्रियजनहरुको हत्याले मलाई मर्माहत बनाएको छ, ‘श्रद्धाञ्जलीका केही शब्दले राष्ट्रकै यो अपुरणीय क्षतिमा मलहम लगाउन सक्दैन । यस पिडादायी क्षणमा म तपाईं र तपाईंका अभिभावकहरुसँगै छु र रहिरहनेछु ।’ 

त्यस्तै उनले आजकाे दिनदेखि यो सरकारको औचित्य पुरै समाप्त भएको समेत बताएका छन् । ‘आजबाट वर्तमान सरकारको औचित्य पुरै समाप्त भएको छ’, ‘तपाईं हामी मिलेर देशका हरेक समस्याको विधि सम्मत समाधान खोजौं ’, उनले भनेका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत