गाउँ सहर

लेखनाथ उद्योग वाणिज्य संघमा पहिलो पटक महिला अध्यक्ष

लेखनाथ । साविक लेखनाथ, मादी र रुपा गाउँपालिका क्षेत्रका उद्योगी व्यवसायीहरुको साझा संस्था लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा पहिलो पटक महिलाले नेतृत्व गर्ने अवसर प्राप्त भएको छ । लेखनाथ उद्योग वाणिज्य संघमा एक दशक बढीको यात्रा गर्दै संघको इतिहासमा पहिलो पटक अध्यक्ष बन्ने अवसर जानुका पराजुली अधिकारीले पाएकी हुन् ।

वि स २०७४ सालमा महिला उद्यमीका रुपमा संघमा प्रवेश गरेकी जानुकाले छोटो समयमा ब्यवसायीको मन जित्दै लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्ष पदमा निर्वाचित हुन सफल भइन् । संघको २९ औ वार्षिक साधारण सभा तथा  १५औं अधिवेशनले जानुकालाई नेतृत्वमा पु-याएको हो । संघमा प्रवेश गर्दा विभिन्न उप समितको जिम्मेवारी पाउँदै कार्यसमिति सदस्य, उप माहासचिव, कोषाध्यक्ष र कार्यसमितिको महासचिव हुदै अध्यक्षमा पुग्न सफल भएकी हुन् ।

जानुकाले कुल खसेको १,८८१ मतमा ९ सय ९६ मत प्राप्त गरिन् भने अध्यक्षमा  वरिष्ठ उपाध्यक्ष समेत रहेका अर्का प्रतिस्पर्धी राजेन्द्र ओझाले ८ सय ३३ मत प्रात्त गरेका थिए । ओझलाई १ सय  ६३ मतले पछि पादै जानुका बिजयी भएकी हुन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत