गाउँ सहर
मंगलबारदेखि बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा
- गाउँ सहर संवाददाता
- २५ भदौ बुधबार, २०८२ | १९:५५:०० मा प्रकाशित

काठमाडौँ। मंगलबारदेखि बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले साढे ३ बजेबाट विमानस्थल खुला गरेको हो।
विमानस्थल सुरक्षा समिति बैठकको निर्णयानुसार पुनः सुचारु गर्ने निर्णय भएको प्राधिकरणले जनाएको छ। प्राधिकरणले आ-आफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गर्न पनि आह्वान गरेको छ।
'हवाई उडानका लागि विमानस्थल आवागमन गर्नुहुने यात्रु महानुभावहरुले आ-आफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गरी उडान समयको जानकारी लिई मात्र विमानस्थल आउजाउ गर्न हुन साथै यसरी आवत जावत गर्दा आधिकारिक हवाई टिकट र परिचय खुल्ने कागजात साथमा लिई आउन हुनसमेत अनुरोध छ,' प्राधिकरणको विज्ञप्तिमा भनिएको छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
- हालसम्म १५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, अझै १२ हजार ५३३ जना फरार
- यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
- कारागारबाट भागेका ९० कैदीबन्दी पक्राउ
- सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति
- सुरक्षा परिस्थितिको आधार देखाउँदै नेपाली सेनाले उपत्यकामा कर्फ्यू समय थप्याे
प्रतिकृया दिनुहोस