यस्ताे छ कांग्रेस महाधिवेशन तालिका
- गाउँ सहर संवाददाता
- २ भदौ मंगलबार, २०८३ | २२:०६:०० मा प्रकाशित
काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको छ ।
केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले विज्ञप्ति जारी गर्दै निर्वाचन तालिका सार्वजनिक गरेका हुन् । निर्वाचन समितिका अनुसार भदौ २ गते देखि १० गतेसम्म निर्वाचन प्रतिनिधि अभिमुखीकरण कार्यक्रम सञ्चालन हुनेछ ।
भदौ ११ गते जिल्लामा निर्वाचन अधिकृत खटाउने, भदौ १५ मा वडामा निर्वाचन प्रतिनिधि खटाउने,भदौ १६ देखि २० गतेसम्म वडामा अभिमुखीकरण र भदौ मसान्तसम्म जनसम्पर्क समितिको अधिवेशन सम्पन्न गर्ने तालिका छ ।
भदौ २४ गते सबै वडामा अधिवेशन तोकिएको छ । भदौ २७ मा गाउँ/नगर अधिवेशन, भदौ ३१ मा प्रदेशसभा क्षेत्रीय अधिवेशन, असोज २ गते एकमात्र क्षेत्र भएको जिल्ला अधिवेशन गर्ने तालिकामा उल्लेख छ ।
असोज ७ गते जिल्ला अधिवेशन, असोज १० गते प्रदेश र असोज १६ देखि १९ सम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने कार्यतालिकामा भनिएको छ ।
निर्वाचन समितिका अनुसार हालसम्म अमेरिका, जापान, फ्रान्स, दक्षिण कोरियालगायत १५ देशका जनसम्पर्क समितिका अधिवेशन सम्पन्न भएका छन् ।
.jpg)
.jpg)
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कांग्रेस सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश देउवा पद चैट
- शेयरबाजरः ५ अर्ब ७ करोडको कारोबार तर १९ अंकले घट्यो
- मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध
- बागमतीको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान
- प्रधानमन्त्री बालेनले भदौ १० मा सांसदहरूको प्रश्नको जवाफ दिने
- भदौका लागि वाणिज्य बैंकहरूको यस्ताे छ नयाँ ब्याजदर
- पब्जी मोबाइल विश्वकपमा नेपालको होरा इस्पोर्ट्सले जित्यो झन्डै दुई करोड पुरस्कार
- आजदेखि म्यानपावर व्यवसायीले श्रमिक विदेश पठाउन बन्द गर्ने
- आज नाग पञ्चमी पर्व मनाइँदै, यस्तो छ महत्त्व र पूजा विधि
- भोलिदेखि ग्यासको बिक्री–वितरण पुरानै प्रक्रियाबाटै
प्रतिकृया दिनुहोस