वातावरण

त्रिशूली करिडोरमा भारी वर्षा: अत्यावश्यक कामबाहेक यात्रा नगर्न प्रहरीको अपिल

काठमाडौँ। आइतबार साँझ पृथ्वी राजमार्गको त्रिशूली करिडोर (धादिङ खण्ड) मा भारी वर्षा भइरहेको छ। वर्षाका कारण सडक छेउका साना खोल्साहरूबाट लेदोसहितको बाढी सडकमा आउँदा सवारी जाम बढेको छ।

केही ठाउँमा पहिरो र बाढीको जोखिम रहेकाले प्रहरीले राजमार्गमा यात्रा गर्दा उच्च सतर्कता अपनाउन र अत्यावश्यकबाहेकको अवस्थामा यात्रा नगर्न सर्वसाधारणलाई अपिल गरेको छ।

गाउँ सहर संवाददाता

तपाईँको मत