‘विद्यार्थीकाे पढाई र परीक्षाप्रति त्रिविका पदाधिकारीकाे रेडिमेड जवाफ कहिलेसम्म’ : नेविसंघ
- गाउँ सहर संवाददाता
- १३ भदौ शनिबार, २०७७ | १२:५८:०० मा प्रकाशित
काठमाडौं। विश्वविद्यालयकाे पढाई र परीक्षा लगायत विभिन्न विषयका बारेमा त्रिभुवन विश्वविद्यालयकाे माैनता र कर्मण्यताप्रति नेपाल विद्यार्थी संघ नेविसंघ (नेविसंघ) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नेविसंघले भनेको छ, ‘विद्यार्थी प्रतिको जिम्मेवारी र आफ्नो दायित्व निर्बाह गर्न असमर्थ असक्षम पदाधिकारीहरुले भरिएको त्रिभुवन विश्वविद्यालयको वर्तमान समयमा देखिएको मौनता र अकर्मण्यता प्रति नेपाल विद्यार्थी संघ खेद प्रकट गर्दछ । वर्तमान संकटको अवस्थालाई अवसरको रुपमा सदुपयोग गर्दै खोज, अध्ययन र अनुसन्धान मार्फत विश्वका अन्य विश्वविद्यालय सरह नयाँ-नयाँ तथ्यसँगै यसको निराकरणका उपायहरु पत्ता लागाउनु पर्ने समयमा उल्टै विद्यार्थीहरुको भबिष्य अन्धकार बनाउने र सधैं तैयारी गर्दै छौँ भन्ने रेडीमेड जवाफसँगै भ्रष्टचारमा चुर्लुम्म डुबेका विश्व विद्यालयका पदाधिकारीबाट थप बिकृति र बिसंगती बाहेक केही आशा गर्न सकिन्न ।’
नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले प्रेस नोट जारी गर्दै भनेका छन्, ‘बर्तमान पदाधिकारीको अर्कमणयताले विद्यार्थीमा पारेको मानसिक पीडा कोरोनाको कहर भन्दा ठूलो छ ।यसको जिम्मेवार कसले लिने ? यसर्थ बर्तमान कम्युनिष्ट सरकारको राज्य कब्जा कै नियत र मानसिकताबाट गुज्रेका निकम्मा पदाधिकारीहरुबाट विश्वविद्यालयलाई जोगाउँदै शैक्षिक,प्राज्ञिक मर्यादित बाताबरण निर्माणका निम्ति हस्तक्षपकारी भूमीका सहित विश्वविद्यालयको संरक्षणका निम्ति सबैमा अपिल गर्दछु ।’
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
- महानवमी - देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
- कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल
- नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित, दीपेन्द्र र देवको अर्धशतक
प्रतिकृया दिनुहोस