प्रतिनिधिसभा विघटनविरूद्ध प्रचण्ड–नेपाल समूहको शक्ति प्रदर्शन, र्यालीका दश तस्बिर
- गाउँ सहर संवाददाता
- ९ माघ शुक्रबार, २०७७ | १४:३१:०० मा प्रकाशित
.jpeg)
काठमाडाैं । प्रतिनिधि सभा विघटनविरूद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले शुक्रबार काठमाडौंमा ठूलो र्याली निकालेकाे छ । काठमाडौंको विभिन्न १० स्थानबाट निस्किएको र्यालीलाई केन्द्रीय स्तरका नेताहरुले नेतृत्व गरेका थिए । र्यालीलाई नेकपाका नेताहरु घनश्याम भुसाल, देबेन्द्र पौडेल, कृष्णबहादुर महरा, पम्फा भुसाल, भीम रावल, देव गुरुङ, योगेश भट्टराई, रामकुमारी झाँक्री लगायतका नेताहरुले नेतृत्व गरेका थिए ।
उनीहरुको नेतृत्वमा अघि बढिरहेको र्यालीमा विशेषगरी प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरूद्ध चर्का नारा लगाएका छन्। प्रचण्ड–नेपाल समूहले शान्तीपूर्ण र सभ्य तरिकाले प्रस्तुत हुने दाबी गरेपनि र्यालीमा सहभागीहरुले भने अनादरयुक्त शब्द प्रयोग गरेका छन् । उनीहरुले ‘केपी ओली देश छोड, केपी–विद्याको पाराले दुःख पाए साराले, केपी ओली मुर्दावाद’ जस्ता तल्लो स्तरका नारा लगाएका छन् ।
विभिन्न स्थानबाट निकालिएको जुलुस भृकुटीमण्डप अगाडि जम्मा भएपछि आमसभा हुँदैछ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
- हालसम्म १५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, अझै १२ हजार ५३३ जना फरार
- यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
- कारागारबाट भागेका ९० कैदीबन्दी पक्राउ
प्रतिकृया दिनुहोस