पूर्वाधार

काठमाडौँ महानगरपालिकाले किन राेक्याे खाेप कार्यक्रम

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको खोप कार्यक्रम स्थगित हुने भएको छ ।

गएको मंगलबारदेखि महानगरका ३२ वटै वडामा सञ्चालन हुँदै आएको खोप कार्यक्रम सरकारले खोप उपलब्ध नगराउने भएपछि स्थगित हुनपुगेको हो ।

काठमाडौँ महानगर शहरी जनस्वास्थ्य प्रमुख हरि कुँवरले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको खोप महाशाखाले काठमाडौँ महानगरलाई थप खोप उपलब्ध गराउन नसक्ने भनेपछि जारी कार्यक्रम बाध्य भएर रोक्नु परेको बताए ।

नेपाल सरकारलाई गएको हप्ता चीनले १० लाख डोज खोप सहयोग स्वरूप उपलब्ध गराएको थियो । यसरी प्राप्त भएको खोपलाई सरकारले देशैभरि ६० वर्षभन्दा माथि ६५ वर्षसम्म उमेर समूहका व्यक्तिलाई लगाउने कार्यक्रम बनाएको थियो ।

महानगरले आजसम्म करिब २८ हजार जनालाई खोप लगाएको बताएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत