भायानेटका ग्राहकले अब २०० एमबीपीएस इन्टरनेट मात्र रु. ९९९ प्रति महिनामा पाउने
- गाउँ सहर संवाददाता
- ११ जेठ बुधबार, २०७९ | ०६:३७:०० मा प्रकाशित
काठमाडाैँ । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक मध्येको एक भायानेट कम्युनिकेसन प्रा. लि. ले आफ्ना विद्यमान अल्ट्रा–फाई लाईनका प्रोडक्टहरुमा आकर्षक परिमार्जन ल्याएको छ । आफ्ना ग्राहकहरूको बढ्दो आवश्यकतालाई हेरेर उच्च गति र उच्च–गुणस्तरको इन्टरनेट सेवाहरू प्रदान गर्ने उद्देश्यले जारी गरिएका अल्ट्रा–फाई लाइनअपहरू अब अझै आकर्षक मूल्यमा आउने भएको हो ।
भायानेटका ग्राहकहरूले अब २०० एमबीपीएस को इन्टरनेट प्याकेजको वार्षिक सदस्यता मात्र रु. ९९९ प्रति महिनाको मूल्यमा पाउनेछन् । १७५+ लाइभ टिभी च्यानलहरूको फाइदा लिन चाहने ग्राहकहरूले सोही योजनाको भायाटिभी सहितको बन्डल पनि मात्र रु. ११०० प्रति महिनाको वार्षिक सदस्यतामा लिन सक्नेछन् । यी दुवै योजनाहरूमा मात्र रु. ५०० थपी डुअल ब्याण्ड राउटर, निःशुल्क जडान र प्रथम सेट टप बक्स प्राप्त गर्न सकिनेछ ।
यो प्याकेज मार्फत भायानेटले बिनाटिभी उच्च गुणस्तरको इन्टरनेट खोज्ने र आफ्नो इन्टरनेटको साथमा अत्याधुनिक आइपिटिभी सेवा चाहने दुवै वर्गका ग्राहकहरूको आवश्यकता पुरा गर्ने लक्ष्य राखेको छ । त्यस्तै अझ बढी स्पिड र थप टिभी सब्स्क्रिब्सन लिन चाहने ग्राहकहरूका लागि भने कम्पनीले दुई ओटा भायाटिभी सहित २५० एमबीपीएस र तिन ओटा भायाटिभी सहित ३०० एमबीपीएस वार्षिक सदस्यता क्रमशः रु. १२५० प्रति महिना र १५०० प्रति महिनाको आकर्षक मूल्यमा पाउने ब्यवस्था गरेको छ ।
कम्पनीले आफ्ना विद्यमान अल्ट्रा–फाइ ग्राहकहरूको अल्ट्रा–फाइ योजनाहरूमा पनि कम्पनीको पोलिसी अनुसार अपग्रेड गरिसकेको छ । यी परिमार्जनहरूसँगै भायानेटले अल्ट्रा–फाइलाई बजारमा उपलब्ध सबैभन्दा आकर्षक इन्टरनेट योजनाहरूमध्ये एक बनाउने लक्ष्य राखेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस