घटेको भाडा दर कार्यान्वयनमा आएन
- गाउँ सहर संवाददाता
- १९ जेठ शुक्रबार, २०८० | १४:४५:०० मा प्रकाशित
काठमाडौं । बागमती प्रदेशमा छोटो दूरीमा चल्ने सार्वजनिक गाडीको भाडा घटेपनि कार्यान्वयनमा आएकाे छैन । बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले सार्वजनिक गाडीको भाडा घटाएको थियो ।
नेपाल आयल निगमले डिजेलको भाउ घटाएपछि बागमती प्रदेशमा छोटो दूरीमा चल्ने गाडीको भाडा घटाएको थियो । काठमाडौं उपत्यकाभित्र ५ दशमलव ९ प्रतिशतले भाडा घटाएर राजपत्रमा प्रकाशित भइसकेकाे तर घटेको भाडादर लागू भएको छैन ।”
यसअघि डिजेलको भाउ बढेको बेला लामो दूरीको गाडीभाडा बढेर छोटो दूरीको नबढेपछि व्यवसायी आफैँले भाडादर तोकेका थिए लामो दूरी अर्थात् अन्तर प्रदेशको भाडा केन्द्र सरकारबाट र छोटो दूरी अर्थात् अन्तरपालिकाको भाडा प्रदेश सरकारबाट निर्धारण हुने गर्दछ ।
काठमाडौं उपत्यकाभित्र ५ दशमलव ९ प्रतिशतले तथा उपत्यका बाहिर छोटो दूरीका सार्वजनिक गाडीमा ४ दशमलव १८ प्रतिशत र मालवाहक गाडीमा ५ दशमलव ६९ प्रतिशतले भाडा घटाएको हो ।
गएको चैत २० गते डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर रु १०/१० र पेट्रोलमा रु तीन मूल्य घटाएको निगमले डिजेल र मट्टीतेलमा प्रतिलिटर रु १०/१० ले भाउ घटाएको थियो । घटेको मूल्यअनुसार हाल डिजेलको मूल्य लिटरको रु एक सय ५५ कायम भएको छ । अघिल्लो वर्ष प्रदेशभित्र सञ्चालन हुने छोटो दूरीको गाडी भाडा बढेको थियो ।
बढेको भाडाअनुसार यात्रुले काठमाडौं उपत्यकामा सार्वजनिक गाडीमा चढ्ने बित्तिकै रु २० भाडा तिर्दै आइ रहेकाे भाडा घटेको छैन ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पोखरामाथि सुदूरपश्चिमको जित
- तीन महिनामै व्यापार घाटा साढे ५ खर्ब नजिक, ३५ प्रतिशतले वृद्धि
- तीन पटक बत्ती जाँदाको एक दृश्य
- एनपीएल खेलमा आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै
- मौसम पूर्वानुमान: डरलाग्दाे चक्रवात ‘अर्नब’ कहिले भित्रिदैछ नेपालमा ?
- लेखनाथ जेसिजको जेसिज सप्ताह–२०२६, विभिन्न कार्यक्रम हुँदै
- भारी हिमपातको जोखिम : कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न आग्रह
- चितवनको विजयी सुरुवात, विराटनगरको हार
- नेप्से सूचक झिनो अंकले उकालाे, कारोबार रकम साढे ५ अर्ब माथि
- मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक
प्रतिकृया दिनुहोस