एमबैंक रआइएमईरेमिटबीच विदेशबाट पठाएको रकम सहकारीको खातामा जम्मा गर्न सकिने सम्झाैता
- गाउँ सहर संवाददाता
- १४ श्रावण सोमबार, २०८१ | १९:००:०० मा प्रकाशित
काठमाडौं । आइएमई लिमिटेड र सहकारी संस्थालाई प्रविधिमैत्री बनाई रहेको कम्पनी एम बैंक (मोबाइल बैङ्किग) बिच विदेशबाट पठाएको रकम अब सिधै सहकारीको खातामा जम्मा गर्न सकिने सम्झौता भएको छ ।
सम्झौतासँगै एमबैंकमा आबद्ध सहकारीका सदस्यहरूले आइएमई रेमिटेन्स मार्फत पठाएको पैसा सिधै आफ्नो खातामा जम्मा गर्न सक्ने भएका छन् । यसरी मोबाइल बैङ्किग तथा भुक्तानी प्लेटफर्म ‘एम बैंक’ मार्फत सहकारीका सदस्यहरूले सिधै आफ्नो खातामा पैसा जम्मा गर्न सक्नेछन् ।
आईएमई लिमिटेड र एम बैंक टेक्नोलोजी प्रा.ली.बिच रेमिटेन्स बापत पठाएको रकम सिधै जम्मा गर्न सकिने सम्झौता भएको हो । आइएमईको तर्फबाट प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र एम बैंक टेक्नोलोजीका संस्थापक तथा प्रबन्ध निर्देशक सञ्जय महासेठले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
एम बैंकले नेपालभरका करिब ५ सय सहकारी संस्थालाई मोबाइल बैङ्किङ तथा भुक्तानी प्लेटफर्म प्रदान गरिरहेको छ । एमबैंकसँग आबद्ध सहकारीहरूले रेमिटेन्सको रकम सिधै आफ्नो सहकारीको खातामा प्राप्त गर्न सक्नेछन्, । मोबाइलबाटै आफ्नै सहकारीको खातामा रेमिटेन्स रकमको भुक्तानी लिन सकिने यस व्यवस्थाले धेरै सदस्यहरू लाभान्वित हुने विश्वास एम बैंकले लिएको प्रमुख महासेठले जानकारी दिए ।
शुक्रवारबाट ९औँ वर्षमा प्रवेश गरेको एम बैंक सहकारी क्षेत्रमा लोकप्रिय मोबाइल बैङ्किग तथा भुक्तानी प्लेटफर्म कम्पनी हो । स्थापना दिवसकै अवसरमा आईएमईसँग सहकार्य गरी रेमिटेन्स सेवालाई सुरुवात गरिएको एम बैंकले जनाएको छ ।
यसबाहेक एमबैंक मार्फत सहकारीका सदस्यलाई आफ्नो खातामा रहेको ब्यालेन्स ट्रान्सफर गर्न, ब्यालेन्स चेक गर्न, स्टेटमेन्ट हेर्न, लोनको जानकारी लिन, फोन, नेट, टिभी, रिचार्ज गर्ने, डिजिटल वालेट लोड गर्न सकिने, बिजुलीको विल, खानेपानी बिल भुक्तानी गर्ने, बस तथा हवाई टिकट, होटेल बुक गर्न, क्यु आर भुक्तानी गर्ने, विभिन्न सरकारी सेवाको भुक्तानी गर्ने लगायतका अन्य विभिन्न सेवाहरू सहजै लिन सक्ने सुविधा पनि छ ।
आइएमई लिमिटेडका बारेमा∶
आफ्नो स्थापनादेखि नै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउन प्रतिबद्ध यस कम्पनीले सेवा शुभारम्भको २४ औँ वर्षसम्ममा नेपालका सहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी २ सय २५ आइएमई सेन्टर सहित ७७ जिल्लाका करिब १२ हजार सब एजेन्ट र बैङ्क तथा वित्तीय संस्थाका शाखामार्फत विदेशमा कार्यरत नेपालीहरूले दुः ख गरी कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आइरहेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनले आजदेखि कति तिर्नुपर्नेछ
- एनपीएलमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै
- अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, देशभर मौसम क्रमिक रूपमा सुधार हुने
- घरपरिसरमै सुधारिएको खानेपानीको पहुँच ९० प्रतिशतमा, सुरक्षित पानी पाउने जनसङ्ख्या ४७.५ प्रतिशत मात्रै
- लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द, अंक बाँडियो
- मनाङमा २४ घण्टामै १०४.४ मिलिमिटर वर्षा, सतर्कता अपनाउन आग्रह
- समाचार लेखेकै भरमा पत्रकारमाथि धरपकड : लोकतन्त्रमा सरकारको शक्ति कि असहिष्णुताको प्रदर्शन?
- पहिरोले बीपी राजमार्ग अवरुद्ध
- पर्यटन प्रवर्धन गर्न बेगनास ताल किनारमा फिस फेस्टिभल
- ‘तपाईंहरूको सुशासनमा पञ्चायती गन्ध आयो’ - जेन–जी अगुवा रक्षा बम
प्रतिकृया दिनुहोस