अर्थतन्त्र
राष्ट्रिय वाणिज्य बैंकले विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई एक करोडसम्म ऋण दिने
- गाउँ सहर संवाददाता
- १९ भदौ बुधबार, २०८१ | १४:२०:०० मा प्रकाशित

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले शैक्षिक कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि नयाँ शैक्षिक कर्जा योजना ल्याएको हो ।
बैंकले प्रदान गर्ने शैक्षिक कर्जा अन्तर्गत विद्यार्थीहरूले ५ लाखदेखि १ करोड रुपैयाँसम्मको कर्जा प्राप्त गर्न सक्नेछन् । यस योजना अन्तर्गत पहिलो किस्ताको रकम सोझै कलेज वा अध्ययन गर्ने संस्थाको नाममा पठाउन सकिन्छ ।
बैंकले अध्ययनको सम्पूर्ण शैक्षिक खर्च तथा शुल्कको ८० प्रतिशतसम्म कर्जा लगानी गर्ने जनाएको छ । उक्त कर्जा लिनका लागि राष्ट्रिय वाणिज्य बैंकका जुनसुकै शाखा सम्पर्क गर्ने सकिनेछ ।
साथै थप जानकारीका लागि नजिकको राष्ट्रिय वाणिज्य बैंकको शाखामा सम्पर्क गर्न बैंकले अनुरोध गरेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा मनाइँदै
- कला र संस्कृति पुर्खाबाट सन्ततिमा हस्तान्तरण गर्दै मध्यपुरका युवाहरू
- पेट्रोल, डिजेल/मट्टितेलकाे मूल्य बढ्यो, हवाई इन्धनको भने घट्याे
- शनिबार राति यस्ताे माैसमः एक-दुई स्थानमा मेघगर्जन/चट्याङ
- "म एमालेको झोले हुँ, तर यो झोलामा देशको सपना बोकेको छु" — प्रधानमन्त्री ओली
- इलाम, झापा, मोरङ, सुनसरी र धनकुटामा पछिल्लो चौबिस घन्टामा धेरै भारी वर्षा
- सरकारको नीतिविरुद्ध सार्वजनिक यातायात व्यवसायीद्वारा आन्दोलन घोषणा
- लिटल फ्लावरमा स्वास्थ्य परीक्षण
- गृहमन्त्री लेखककाे राजीनामा- विरोध गर्न निहुँ नपाएर निहुँ खोजिएको मात्रै
- बाढीले कोशी राजमार्ग बगाएपछि यातायात अवरुद्ध
प्रतिकृया दिनुहोस