गाउँ सहर
रामेछापमा बस दुर्घटना
- गाउँ सहर संवाददाता
- १७ कार्तिक शनिबार, २०८१ | १०:५८:०० मा प्रकाशित
काठमाडौं । रामेछापको गुप्तेश्वरमा बस दुर्घटना भएको छ। आज बिहान उमाकुण्ड गाउँपालिका-६ गुप्तेश्वरबाट काठमाडौं जान लागेको बा. ५ ख. २८६ नम्बरको बस दुर्घटना भएको इलाका प्रहरी कार्यालय प्रीतिका प्रहरी सहायक निरीक्षक वीरेन्द्र यादवले जानकारी दिए।
उनका अनुसार बसपार्कमा घुमाउने/निकाल्ने क्रममा बस दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन्। दुर्घटनामा सहचालक केवल सुनुवार र ७१ वर्षीया फुल कुमारी सुनुवार घाइते भएका हुन्। उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौंमा ल्याउन पहल भइरहेको छ।
चालक बाथरुमतिर गएको समयमा सहचालक सुनुवारले बस चलाएका थिए। तर, एक्कासी पछाडि हुत्तिदा दुर्घटना भएको बताइएको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भोटेकोसी बाढीबाट मृत्यु हुनेको संख्या एक हजार नाघ्यो, ३९ सय १६ सम्पर्कविहीन
- राष्ट्रियसभाले पारित गर्यो विशेष प्रस्ताव
- करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित
- चीनतर्फका दुवै नाका बन्द
- भोटेकोशी बाढी प्रभावित क्षेत्रका नागरिकको पुनःस्थापनाका लागि सरकारद्वारा कार्यदल गठन
- विधानको गरिमा जोगाउन तदर्थ समितिको माग: मुद्रण महासङ्घभित्रको वैधानिक सङ्कट र निकासको बाटो
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
प्रतिकृया दिनुहोस