नेप्से परिसूचक र काराेबार रकम दुवै बढ्याे
- गाउँ सहर संवाददाता
- ७ माघ सोमबार, २०८१ | १६:४०:०० मा प्रकाशित

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजार सामान्य अंकले बढेको छ । यसदिन नेप्से परिसूचक ६.७८ अंकले बढेर दुई हजार ६०७.९९ अंकमा बजार बन्द भएको छ ।
आज कारोबार रकम पनि सामान्य बढेको छ । आइतबार ६ अर्ब २५ करोड ७२ लाख रुपैयाँ बराबरको एक करोड २९ लाख ८२ हजार ६१९ कित्ता शेयर कारोबार भएकोमा यसदिन ६ अर्ब ५७ करोड रुपैयाँ बराबरको १ करोड ३६ लाख ७७ हजार ९८३ कित्ता शेयर खरिदबिक्री भएको छ ।
आज सेन्सेटिभ इन्डेक्स ०.१०, फ्लट इन्डेक्स ०.२८ र सेन्सेटिभ फ्लट इन्डेक्स ०.०५ अंकले बढेकोमा १३ उपसमूहमध्ये ८ उपसमूहको शेयर उकालो लागेको छ । यस्तै कारोबारमा आएका २४३ मध्ये ११८ कम्पनीको शेयर बढ्दा ११७ कम्पनीको शेयरमूल्य घटेको छ भने बाँकी ८ कम्पनीको शेयर स्थिर छ ।
आज मानुषी लघुवित्तका लगानीकर्ताले सर्वाधिक ९.०५ प्रतिशतले कमाएका छन् । यता, विन नेपाल लघुवित्त, सुपर मादी हाइड्रोपावर र भूगो इनर्जी डेभलपमेन्ट कम्पनीको शेयरमा नकारात्मक सर्किट लागेको छ । यस्तै १० प्रतिशत एनआईसी एशिया डिबेन्चरका लगानीकर्ताले पनि ९.९६ प्रतिशतले गुमाएका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
- हालसम्म १५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, अझै १२ हजार ५३३ जना फरार
- यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
- कारागारबाट भागेका ९० कैदीबन्दी पक्राउ
- सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति
- सुरक्षा परिस्थितिको आधार देखाउँदै नेपाली सेनाले उपत्यकामा कर्फ्यू समय थप्याे
प्रतिकृया दिनुहोस