दुर्गा प्रसाईंसहित ५३ जनालाई दुई दिन म्याद थप
- गाउँ सहर संवाददाता
- ८ जेठ बिहीबार, २०८२ | १६:३९:०० मा प्रकाशित

काठमाडौं । काठमाडौं जिल्ला अदालतले तीनकुने घटनाका मुख्य आरोपी दुर्गा प्रसाईंसहित ५३ जनालाई अनुसन्धानको लागि थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
गत १५ चैतमा काठमाडौंको तीनकुनेमा राजावादीहरूले आयोजना गरेको प्रदर्शन हिंसात्मक बनेपछि दुईजनाको ज्यान गएको थियो भने आगजनी र लुटपाटका घटना भएका थिए । प्रहरीले सोही दिनदेखि केहीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहराले बताए।
उनीहरूलाई आपराधिक उपद्रव, राज्यविरुद्धको कसुर र संगठित अपराधमा अनुसन्धान भइरहेको छ । राज्यविरुद्धको कसुरमा २८ जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
१५ चैतको दिन प्रसाईंले निषेधित क्षेत्रतर्फ आफैंले मोटर कुदाएर गएका थिए । प्रहरीले त्यसपछि भिड अनियन्त्रित बनेको बताउने गरेको छ । प्रसाईं भने सोही दिन काठमाडौंबाट भागेर भारत पुगेका थिए । पछि प्रहरीले उनलाई पक्राउ गरेर काठमाडौं ल्याएको हो ।
यस तीनकुने घटनामा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री एवं सांसद धवलशम्शेर राणासहित ३७ जना हाजिर जमानीमा छन्।
थपिएको यही अवधिभित्र अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाउने प्रहरीको तयारी छ । सरकारी वकिलको कार्यालयले ६० दिनभित्र मुद्दाको अभियोजनपत्र अदातलमा दर्ता गरिसक्नुपर्छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शेयर बजार अब विस्तारै उकालो लाग्ने लगानीकर्ताकाे विश्वास, यस्ताे रह्याे आज
- यी हुन् मन्त्रिपरिषद बैठकका निर्णयहरू
- नयाँ गभर्नरसँगै नेप्से सुरुवातमा बढे पनि अन्तिममा राताम्मे
- शेयरबजारमा देखियाे उछाल, दुई प्रतिशतले वृद्धि
- प्रतिनिधिसभा बैठक प्रत्यक्ष प्रसारण
- हेल्थी च्वाइस एस्थेटिक अस्पतालको अफरमा एससीटी–युपीआई कार्डमार्फत भुक्तानी गर्दा थप ५ प्रतिशत छुट
- आजको बैठकमा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा सदस्यहरूले सोधेका प्रश्नको जवाफ दिने
- निर्णयानुसार माग पूरा नभए आंशिक प्राध्यापकले ९ गतेदेखि त्रिचन्द्र बन्द गर्ने
- सेयर बजार आज बढेर बन्द, ७ अर्ब १३ करोडको कारोबार
- सुनिल पौडेलसहित पाँचजना र कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा, पाँच करोड ७९ लाख बिगो दाबी
प्रतिकृया दिनुहोस