गाउँ सहर
बैतडी केन्द्रबिन्दु भएर भूकम्पको धक्का
- गाउँ सहर संवाददाता
- ९ जेठ शुक्रबार, २०८२ | ०६:४५:०० मा प्रकाशित

बैतडी । बैतडी सदरमुकाम भएर भूकम्प भएको छ । सुर्खेतस्थित भूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमल्सिनाका अनुसार बैतडीको खलङ्गा केन्द्रबिन्दु भएर आज बिहान १ः४८ बजे पाँच दशमलव एक र २ः०० बजे तीन दशमलव सात रेक्टर स्केलको भूकम्प भएको हो ।
लगातार दुईपटक कम्पन भएपछि यहाँका स्थानीय घर बाहिर निस्केका थिए । भूकम्पको धक्का दार्चुला, बझाङ, डडेल्धुरामा धक्का महसुस गरिएको केन्द्रका प्रमुख तिमल्सिनाले बताए ।
भूकम्पबाट भएको क्षतिको विवरण सङ्कलन कार्य भइरहेको स्थानीय जनप्रतिनिधिले जानकारी दिएका छन् । मानवीय क्षतिको विवरण प्राप्त नभए पनि केही पुराना घरहरू चर्किएको पाइएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- रवि र छविलाई थुनामा राख्ने सर्वोच्चको आदेश (पूर्णपाठ)
- गभर्नर पौडेलविरुद्ध सर्वोच्चमा रिट पेस
- दुर्गा प्रसाईंसहित ५३ जनालाई दुई दिन म्याद थप
- शेयर बजार अब विस्तारै उकालो लाग्ने लगानीकर्ताकाे विश्वास, यस्ताे रह्याे आज
- यी हुन् मन्त्रिपरिषद बैठकका निर्णयहरू
- नयाँ गभर्नरसँगै नेप्से सुरुवातमा बढे पनि अन्तिममा राताम्मे
- शेयरबजारमा देखियाे उछाल, दुई प्रतिशतले वृद्धि
- प्रतिनिधिसभा बैठक प्रत्यक्ष प्रसारण
- हेल्थी च्वाइस एस्थेटिक अस्पतालको अफरमा एससीटी–युपीआई कार्डमार्फत भुक्तानी गर्दा थप ५ प्रतिशत छुट
- आजको बैठकमा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा सदस्यहरूले सोधेका प्रश्नको जवाफ दिने
प्रतिकृया दिनुहोस