गाउँ सहर
गभर्नर पौडेलविरुद्ध सर्वोच्चमा रिट पेस
- गाउँ सहर संवाददाता
- ९ जेठ शुक्रबार, २०८२ | १५:५२:०० मा प्रकाशित

काठमाडौं । योग्यता नपुगेको व्यक्तिलाई गभर्नर नियुक्त गरेको भन्दै सर्वोच्च अदालतमामा रिट निवेदन पेस भएको छ ।
उनी योग्यता नभएको र नियुक्ति बदर भएको माग राख्दै सरकार र छनोट समितिलाई विपक्षी बनाएर रिट निवेदन पेस भएको हो ।
अधिवक्ताहरू अनन्तराज लुईंटेल, प्रतिभा उप्रेती र विशाल थापाले ऐनको विरुद्धमा राजनीतिक स्वार्थको व्यक्तिलाई गैरकानुनी रुपमा नियुक्त गरिएको दाबी सहित रिट पेस गरेका हुन् ।
उक्त रिट निवेदन दर्ताको प्रक्रियाका लागि छलफलमा छ । यसअघि गत ६ जेठमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. विश्वनाथ पौडेललाई मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्त गरेको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- रवि र छविलाई थुनामा राख्ने सर्वोच्चको आदेश (पूर्णपाठ)
- बैतडी केन्द्रबिन्दु भएर भूकम्पको धक्का
- दुर्गा प्रसाईंसहित ५३ जनालाई दुई दिन म्याद थप
- शेयर बजार अब विस्तारै उकालो लाग्ने लगानीकर्ताकाे विश्वास, यस्ताे रह्याे आज
- यी हुन् मन्त्रिपरिषद बैठकका निर्णयहरू
- नयाँ गभर्नरसँगै नेप्से सुरुवातमा बढे पनि अन्तिममा राताम्मे
- शेयरबजारमा देखियाे उछाल, दुई प्रतिशतले वृद्धि
- प्रतिनिधिसभा बैठक प्रत्यक्ष प्रसारण
- हेल्थी च्वाइस एस्थेटिक अस्पतालको अफरमा एससीटी–युपीआई कार्डमार्फत भुक्तानी गर्दा थप ५ प्रतिशत छुट
- आजको बैठकमा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा सदस्यहरूले सोधेका प्रश्नको जवाफ दिने
प्रतिकृया दिनुहोस