राइड सेयरिङ नियमावली एक महिना स्थगित गर्ने गण्डकी सरकारको निर्णय
- गाउँ सहर संवाददाता
- २० जेठ मंगलबार, २०८२ | १९:३२:०० मा प्रकाशित

पोखरा । राइड सेयरियङ नियमावली एक महिनाका लागि स्थगित गर्ने गण्डकी प्रदेश सरकारले निर्णय गरेको छ ।
मङ्गलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नियमावली रोक्न भन्दै पत्र पठाएको थियो । सोपछि मुख्यमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले छलफल सम्बन्धित मन्त्री तथा पदाधिकारीहरूसँग छलफल गरेका थिए ।
गण्डकी प्रदेश सरकारले जेठ १ मा राजपत्रमा प्रकाशन गरेको राइड सेयरिङ (नियमन तथा व्यवस्थापन) नियमावली, २०८२ को विरोधमा सार्वजनिक यातायात व्यवसायी जेठ १६ देखि आन्दोलित छन् । रातो नम्बर प्लेटका सवारीलाई प्रयोजनविपरीत भाडामा लगाउन नियमावली ल्याइएको, आफूहरूको लगानीलाई बेवास्ता गरिएको भन्दै गण्डकीमा जेठ १६ देखि सार्वजनिक यातायात बन्द छ । सोमबारदेखि व्यवसायीले देशभर सार्वजनिक यातायात सञ्चालन ठप्प पारेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पतञ्जली जग्गा प्रकरणमा माधव नेपाल जाेडिएकाे घटनामा कहिले के भएकाे थियाे ?
- माधव नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायरपछि अहिलेसम्मका विकसित घटनाक्रम
- कोटेश्वर बहुमुखी क्याम्पस र मनोहरा सरसफाई तथा सम्पदा बचाऊ अभियानले मनायो वातावरण दिवस
- नेदरल्याण्ड्समाथि नेपालकाे शानदार जित
- “युवाले हाल जे–जस्तो छ, त्यसैमा सन्तोष मान्नु हुन्न- परिवर्तनका लागि र राम्राका लागि लाग्ने स्वभाव बोक्नुपर्छ”
- नेदरल्यान्डलाई जित्न नेपालले २२६ रन बनाउनुपर्ने
- भोलिसम्मका लागि सर्यो प्रतिनिधिसभाकाे बैठक
- राष्ट्रियसभा बैठकमा के छलफल भइरहेकाे छ ? (लाइभ)
- सेयर बजारमा दोहोरो अंकको गिरावट, काराेबार पनि ५ अर्बमै सीमित
- यी प्रदेशमा धेरै वर्षाको सम्भावना
प्रतिकृया दिनुहोस