सडक/यातायात

पाल्पाको रानीमहल दरबारनजिक भएको जिप दुर्घटनामा ६ जनाको मृत्यु

पाल्पा । पाल्पाको रानीमहल दरबारनजिक भएको जिप दुर्घटनामा ६ जनाको ज्यान गएको छ । चालक घाइते छन् । पर्यटकीयस्थल रानीघाट दरबार नजिकै बैकुण्ठे भीरबाट खोलामा जिप खस्दा ६ जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

दुर्घटनामा ज्यान गुमाउनेमध्ये तीन महिला, दुई बालक र एक पुरुष रहेका छन् । जिप चालक गम्भीर घाइते भएको भएकाे प्रहरीले बताएकाे छ ।

जिप बागमती प्रदेशको ७२०९ नम्बरको कार दुर्घटनामा परेको प्रहरीको भनाइ छ । घटनास्थलमा अस्थाई प्रहरी चौकी रानीघाट  र जिल्लाबाट गएको जनपथ प्रहरी, शसस्त्र र नेपाली सेनाको टोली खटिएको छ ।

सडकबाट घटनास्थल पुग्न ठूलो भिर र पहाड भएकाले पनि कठिनाइ भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रमुख हेरम्व शर्माले जानकारी दिए ।

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत