उदयपुर जीप दुर्घटना अपडेट : मृतक ८ र घाइते ९ जना (नाम ठेगानासहित)
- गाउँ सहर संवाददाता
- १ चैत बिहीबार, २०८० | १५:४८:०० मा प्रकाशित
भोजपुर । भोजपुर र उदयपुर जोड्न चुवार पुल नजिकै भएको भएको जीप दुर्घटनामा मृत्यु भएकाको पहिचान खुलेको छ । धरानबाट छुटेको को. १ ज २५९३ नम्बरको जीप आज बिहान साढे ११ बजेतिर उदयपुरको बेलका-७ बाखाकुवामा दुर्घटना भएको थियो ।
६ महिने शिशुसहित ७ जनाको घटनास्थलमै र उपचारको क्रममा थप एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ९ जना घाइते भएका छन् । मृतक अधिकांश भोजपुर हतुवागढी गाउँपालिकाका छन् । उनीहरूलाई उपचारका लागि धरान लगिएको छ ।
मृत्यु तथा घाइतेको विवरण
१) मान बहादुर बस्नेत- हतुवागढी गाउँपालिका-२ (चालक)
२) चन्द्रप्रकाश राई- हतुवागढी-२
३) रामकुमारी राई (ममता)- हतुवागढी-५
४) पदमबहादुर थापा- बराहक्षेत्र- ३
५) दिशान राई- हतुवागढी-२ (६ महिनाको)
६) कमला अधिकारी इटहरी
७) पर्वतमाया राई-हतुवागढी- २
बीपी स्वास्थ्य प्रतिष्ठानमा
८) किसन राई -हतुवागढी-५
घाइते
१) विशेष पराजुली कानेपोखरी
२) सावित्रा राई
३) मिनु राई
४) शान्तिकला राई
५) सविना परियार
६) गायत्री थापा कटुवाल
७)सुशील परियार
८) कुलबुङ्ग राई
९) निकिता कटुवाल
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- रोहित भर्सेस वेस्टइन्डिज ‘ए’ ! तेस्रो हारसँगै नेपालले सिरिज गुमायो
- राष्ट्र बैंकको कारबाहीमा परे ६ बैंक
- जितका लागि वेस्ट इन्डिज ‘ए’ ले दियाे नेपाललाई विशाल लक्ष्य
- जितका लागि वेस्ट इन्डिज ‘ए’ ले दियाे नेपाललाई विशाल लक्ष्य
- टी-२० विश्वकप खेल्ने नेपाली टोलीमा समेटिए यी खेलाडीहरू
- काठमाडौंमा सुरू भयाे सीप मेला, २०८१ जनालाई रोजगारी दिने लक्ष्य
- वेस्टइन्डिज ‘ए’सँग फराकिलो अन्तरले पराजित भयाे नेपाल
- साउन १ गतेदेखि पशुपतिमा विद्युतीय शवदाह निःशुल्क
- नेपाललाई जितका लागि वेस्ट इन्डिज ‘ए’ काे विशाल लक्ष्य
- चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने प्रक्षेपण
प्रतिकृया दिनुहोस