महिला यू-१९ विश्वकपमा आज नेपालको स्कटल्याण्डसँग खेल्दै
- गाउँ सहर संवाददाता
- ७ माघ सोमबार, २०८१ | ०६:५३:०० मा प्रकाशित
काठमाडौं । मलेसियामा जारी महिला यू-१९ टी-२० क्रिकेट विश्वकप अन्तर्गत आज नेपाल र स्कटल्याण्डबीच खेल हुदै छ । आज नेपाली समय अनुसार यो खेल विहान १२: १५ बजेदेखि हुने छ ।
यस विश्वकपमा नेपाल र स्कटल्याण्ड दुवैले आ-आफ्नो पहिलो खेलमा हार बेहोरेका छन् । नेपालले बंगलादेशसँग हार बेहोरेको थियो भने स्कटल्याण्डले अस्ट्रेलियासँग हार बेहोरेको थियो । विश्वकपको अर्को चरणमा पुग्न दुवै देशलाई यस खेलमा जित निकाल्न अनिवार्य रहेको छ ।
विश्वकप खेल्न पुजा महतोको कप्तानीमा १५ सदस्यीय टिम मलेसिया पुगेको छ । नेपाली टिममा पुजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान) साना प्रविन, ज्योत्सनिका मारसिनी, कुसुम गोदार, अलिशा कुमारी यादव, सावित्री धामी, क्रिश्मा गुरुङ, त्रिसना विक, किरण कुमारी कुनवार, रिया शर्मा, रचना चौधरी, सीमा केसी, स्नेहा महरा र अनु कडायत रहेका छन् ।
विश्वकपमा नेपाल समुह डी मा रहेको छ । समुह डी मा नेपालसहित अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्ड रहेका छन् । नेपालले आफ्नो समुह चरणको अन्तिम खेल जनवरी २२ मा अस्ट्रेलियासँग खेल्ने तालिका रहेका छन् ।
मलेसियामा जनवरी १८ देखि शुरु हुने यस विश्वकपमा १६ देशले भाग लिदै छन् । जसमा नेपालसहित आयोजक मलेसिया, अस्ट्रेलिया, बंगलादेश, इङल्याण्ड, भारत, आयरल्याण्ड, न्यूजील्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, वेस्ट इन्डिज, नाइजेरिया, सामोआ, स्कटल्याण्ड र अमेरिका रहेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
प्रतिकृया दिनुहोस