विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- गाउँ सहर संवाददाता
- ४ कार्तिक बुधबार, २०८३ | १९:३०:०० मा प्रकाशित
काठमाडौँ। मान्यजनबाट विजया दशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गर्न आफन्तकहाँ जाने–आउने सर्वसाधारणको चहलपहल बढेसँगै काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढेको छ।
बडादसैँको फूलपाती, महाअष्टमी र महानवमीको तुलनामा आज टीकाको शुभसाइतपछि उपत्यकाका सडकमा सवारीसाधनको चाप बढेको हो। सार्वजनिक यातायातमा यात्रुको सङ्ख्या बढेसँगै विभिन्न स्थानमा भीडभाडसमेत देखिन थालेको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार उपत्यकाका प्रमुख नाका तथा काठमाडौँ, भक्तपुर र ललितपुरका मुख्य सडकमा सवारीसाधन सामान्य अवस्थामा सञ्चालन भइरहेका छन्।
“टीकाका दिन आज आफन्तकामा आउने–जाने मानिसको सङ्ख्या उल्लेख्य रूपमा बढ्दा गत दुई–तीन दिनको तुलनामा उपत्यकाका सडकमा सवारीसाधन बाक्लो देखिएको छ,” उनले भने।
ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन योजनाबद्ध रूपमा ट्राफिक प्रहरी परिचालन गरिएको सुवेदीले बताए। सम्भावित भीडभाड हुने क्षेत्रमा निगरानी बढाउनुका साथै ट्राफिक नियम पालना गराउन नियमित जाँच भइरहेको उनले जानकारी दिए।
दसैँ मनाउन गाउँघर गएका सर्वसाधारण आफ्नो पेसा तथा व्यवसायका सिलसिलामा पुनः काठमाडौँ फर्कने क्रमसमेत सुरु भएको छ। यात्रुको सुरक्षा सुनिश्चित गर्न नेपाल प्रहरीसँगको समन्वयमा सवारीसाधनको यान्त्रिक अवस्था परीक्षण, तीव्र गति नियन्त्रण तथा चालकले मादक पदार्थ वा लागुऔषध सेवन गरे–नगरेको जाँचलाई निरन्तरता दिइएको सुवेदीले बताए।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
- महानवमी - देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
प्रतिकृया दिनुहोस