अशक्तकाे घर दैलाेमै कागेश्वरी मनोहरा नगरपालिकाकाे सेवा
- गाउँ सहर संवाददाता
- ११ श्रावण आइतबार, २०८२ | १९:५२:०० मा प्रकाशित

काठमाडाैं । स्थानीय सरकार भनेकाे नागरिककाे सबैभन्दा नजिककाे सरकार हाे । स्थानीय सरकारले सामाजिक सुरक्षा जेष्ठ नागरिक, बालबालिका, अपाङ्ग, अशक्त र असहायहरूको संरक्षण गर्ने जिम्मेवारी गरिरहेकाे हुन्छ ।
कागेश्वरी मनोहरा नगरपालिकाले पनि असहाय, अशक्त र ९० वर्षभन्दा बढि माथिका जेष्ठ नागरिकका घरदैलाेमा पुगेर सामाजिक सुरक्षा भत्ताका लागि बायाेमेट्रिक नविकरण गरेकाे छ ।
नगर-उपप्रमुख शान्ता थापाका अनुसार नगरपालिकाले स्थानीय टाेलहरूकाे केन्द्र ताेकेर बायाेमेट्रिक नविकरण गर्नुका साथै असहाय, अशक्त र ९० वर्षभन्दा बढि माथिका जेष्ठ नागरिकका घरदैलाेमा पुगेर सामाजिक सुरक्षा भत्ताका लागि बायाेमेट्रिक नविकरण गरिएकाे बताइन् ।
उक्त सेवा साउन ५ गतेदेखि ८ गतेसम्म सञ्चालन गरिएकाे र छुटेकाहरूका लागि १३ र १४ गते नविकरण गरिने सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाका अधिकृत श्रीराम खनालले जानकारी दिए ।
घरमै पुगेर नगरपालिकाले सेवा दिएपछि जेष्ठ नागरिकहरूले खुशी व्यक्त गरेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सीतागढी टोलमा करेन्ट लागेर एक जनाको मृत्यु
- नागढुंगा–सिस्नेखोला सुरुङमार्ग- ९३ प्रतिशत भौतिक प्रगति
- उद्योगी एवं व्यवसायीलाई लगानी गर्न प्रोत्साहित गनुपर्नेमा कांग्रेस सभापतिकाे जोड
- हदबन्दीभन्दा बढी जग्गा कुनैपनि हालतमा विक्री गर्न नपाइने
- नेप्से करिब ४ वर्ष यताकै उच्च विन्दुमा
- हायूको परिवारकाे १६ जनाले घर छाड्नुकाे कारण यस्ताे भने...
- आज नागपञ्चमी पर्व, किन टाँसिन्छ त ढोकामा नागको चित्र ?
- धार्मिक पर्यटकीय क्षेत्र साधुहोलीमा विपीको सम्झना
- एक अर्ब राजश्व सङ्कलन गर्याे यातायात कार्यालय झापाले
- वीरगञ्ज नाकाबाट १५ अर्ब १३ करोडको धान–चामल आयात
प्रतिकृया दिनुहोस