बागमतीमा ६ मन्त्रीले लिए शपथ
- गाउँ सहर संवाददाता
- ४ भदौ बिहीबार, २०८३ | १९:३८:०० मा प्रकाशित
हेटाैँडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा एमालेका किरण थापा मगरले शपथ लिएलगत्तै मन्त्रीपरिषद् विस्तार गरेका छन् ।
बागमती प्रदेशमा ७ सदस्यीय मन्त्रीपरिषद् गठन गरिएको हाे । नवनियुक्त मुख्यमन्त्री थापा मगरले बिहीबार पद तथा गोपनीयताको शपथग्रहण गरेसँगै मन्त्रीपरिषद्मा ६ जना मन्त्री थपेका हुन् ।
मुख्यमन्त्री थापामगरले एमालेका भरत केसीलाई भौतिक तथा पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिएका छन् भने ज्ञानबहादुर तामाङलाई बिनाविभागीय मन्त्री बनाएका छन् ।
यस्तै नेकपाका सरल सहयात्री पौडेललाई आर्थिक मामिला तथा योजनामन्त्री, राप्रपाका राजु विष्टलाई खानेपानी, गिरबहादुर तामाङलाई स्वास्थ्य तथा सामाजिक विकासमन्त्री र राजेन्द्र प्रजापतिलाई उद्योग, पर्यटन, श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
मुख्यमन्त्री थापा मगरले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । नवनियुक्त मन्त्रीहरुले पनि आजै प्रदेश प्रमुखबाट शपथ लिएका छन् ।
लामो समयदेखिको राजनीतिक रस्साकसीपछि थापा मगर बिहीबार नै बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
- चीनको तिब्बतमा पुन: ड्याम फुट्यो, सतर्कता अपनाउन आग्रह
- आज जनैपूर्णिमा र रक्षाबन्धन पर्व मनाइँदै, यसकारण लगाइन्छ जनै र रक्षाबन्धन
- विपत्तिमा कोटेश्वर क्याम्पसको साथ, बाढीपीडितका लागि ५१ हजार सहयोग
- सर्वदलीय बैठक: १० बुँदे सर्वदलीय संकल्प, उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन
- भोटेकोशी बाढी प्रभावितका नाममा जथाभावी आर्थिक सहयोग संकलन नगर्न र नगराउन आग्रह
- ‘यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न’ : बाढीपीडितलाई प्रधानमन्त्री शाहको ढाडस
- डीडीसीले सुरु गर्यो घिउ निर्यात
- नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की
- विद्यार्थीको मौन तनाव बुझ्न महाकालीका शिक्षकलाई तीनदिने प्रशिक्षण
प्रतिकृया दिनुहोस