सेवा

विपत्तिमा कोटेश्वर क्याम्पसको साथ, बाढीपीडितका लागि ५१ हजार सहयोग

काठमाडौँ। कोटेश्वर बहुमुखी क्याम्पसका शिक्षक तथा कर्मचारीले बाढीपहिरो प्रभावित नागरिकको सहयोगका लागि ५१ हजार ५ सय ५ रुपैयाँ प्रदान गरेका छन्।

भदौ १० गते बिहान आएको अप्रत्याशित बाढीका कारण रसुवा, नुवाकोट, गोरखा, धादिङलगायत जिल्लाका विभिन्न स्थानमा जनधनको क्षति भएपछि क्याम्पसका शिक्षक तथा कर्मचारीले तत्काल राहतका लागि उक्त रकम संकलन गरेका हुन्।

क्याम्पसका अनुसार संकलित रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको छ। प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै क्याम्पस परिवारले शोकसन्तप्त परिवारजनप्रति समवेदना पनि प्रकट गरेको छ।

विपत्तिको समयमा एकजुट भई सहयोग गर्नुपर्नेमा जोड दिँदै क्याम्पसले नागरिक समाज, क्याम्पस, प्राध्यापक, विद्यार्थी तथा अभिभावक सबैलाई बाढीपीडितको सहयोगमा जुट्न आह्वान गरेको छ।

गाउँ सहर संवाददाता

तपाईँको मत