डीडीसीले सुरु गर्यो घिउ निर्यात
- गाउँ सहर संवाददाता
- ५ भदौ शुक्रबार, २०८३ | १४:१०:०० मा प्रकाशित
काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले आफ्नो उत्पादन ‘डीडीसी घिउ’ मध्यपूर्वका देशहरूमा निर्यात गर्न सुरु गरेको छ ।
शुक्रबार नेपाल एयरलाइन्सको उडानमार्फत पहिलो चरणमा ५ सय किलो घिउ दुबई पठाएर निर्यातको औपचारिक सुरुवात गरिएको हो । डीडीसीले घिउ निर्यातका लागि निजी क्षेत्रको कम्पनी ‘रातो र चन्द्र सूर्य इन्टरनेसनल प्राइभेट लिमिटेड’ सँग व्यावसायिक सम्झौता गरेको छ ।
डीडीसीका महाप्रबन्धक डा. शरण पाण्डेले अनुसार मध्यपूर्वका सबै देशमा डीडीसीको घिउ निर्यात गर्ने गरी सम्झौता भएको जानकारी दिए ।
‘हामीले आजदेखि दुबईका लागि ५ सय किलो घिउ पठाएर यसको सुरुवात गरेका छौँ,’ महाप्रबन्धक पाण्डेले अनलाइनखबरसँग भने, ‘वार्षिक ५० हजार किलो (५० टन) निर्यातका लागि सम्झौता भइसकेको छ ।’
हाल घिउ उत्पादन कम भएका कारण पहिलो वर्ष ५० टन निर्यातका लागि मात्रै सम्झौता गरिएको र आगामी दिनमा उत्पादन बढाएपछि विदेश निर्यात हुने परिमाण पनि वृद्धि गरिने डा. पाण्डेले बताएका छन् ।
यो निर्यात मागअनुसार हप्तैपिच्छे पनि हुन सक्नेछ । डीडीसीले मध्यपूर्वसँगै अन्य देशहरूमा पनि बजार विस्तारको काम तीव्र पारेको बताएको छ । महाप्रबन्धक पाण्डेका अनुसार केही समयपछि नै जापान र दक्षिण कोरिया लगायत देशमा समेत घिउ निर्यात हुनेछ ।
‘हामीले भर्खर सुरुवात गरेका छौँ, अब विस्तारै गर्दै जाने हो, त्यसका लागि हामीसँग कच्चा पदार्थ पनि हुनुपर्यो,’ उनले भने, ‘आउँदो कात्तिकदेखि भने हाम्रो उत्पादन जापान, दक्षिण कोरिया र चीनको तिब्बतसम्म जान्छ ।’
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
- चीनको तिब्बतमा पुन: ड्याम फुट्यो, सतर्कता अपनाउन आग्रह
- आज जनैपूर्णिमा र रक्षाबन्धन पर्व मनाइँदै, यसकारण लगाइन्छ जनै र रक्षाबन्धन
- विपत्तिमा कोटेश्वर क्याम्पसको साथ, बाढीपीडितका लागि ५१ हजार सहयोग
- सर्वदलीय बैठक: १० बुँदे सर्वदलीय संकल्प, उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन
- भोटेकोशी बाढी प्रभावितका नाममा जथाभावी आर्थिक सहयोग संकलन नगर्न र नगराउन आग्रह
- ‘यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न’ : बाढीपीडितलाई प्रधानमन्त्री शाहको ढाडस
- नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की
- बागमतीमा ६ मन्त्रीले लिए शपथ
- विद्यार्थीको मौन तनाव बुझ्न महाकालीका शिक्षकलाई तीनदिने प्रशिक्षण
प्रतिकृया दिनुहोस