रसुवागढी बाढीले बगाएको स्थानमा सडक नबनाउने सरकारको निर्णय
- गाउँ सहर संवाददाता
- ५ असोज सोमबार, २०८३ | १२:१९:०० मा प्रकाशित
काठमाडौँ। सरकारले रसुवागढी क्षेत्रमा बाढीले बगाएको स्थानमा पुनः सडक निर्माण नगर्ने जनाएको छ।
संसद्को पूर्वाधार विकास समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नदीले कटान गरेका कारण पहिरो गएको स्थानको आवश्यक संरचना सुधार गरिने तर जोखिमयुक्त स्थानमा पुनः सडक नबनाइने स्पष्ट पारे।
मन्त्री लम्सालका अनुसार बाढी तथा नदी कटानका कारण सडक भत्किएको स्थानमा आवश्यकताअनुसार सडकको संरचना उठाउने र सुरक्षित बनाउने काम गरिनेछ। तर नदीको बहाव तथा भू–क्षयको उच्च जोखिम रहेका अन्य स्थानमा पुरानै संरचनाअनुसार सडक निर्माण गर्ने सरकारको योजना नरहेको उनले बताए।
उनले सडक निर्माण गर्दा भविष्यमा बाढी, पहिरो तथा नदी कटानबाट हुने क्षतिलाई समेत ध्यान दिनुपर्नेमा जोड दिए।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- संघीय निजामती विधेयक : नयाँ तहगत संरचना प्रस्ताव, अन्य के छन् खास कुरा ?
- भोटेकोशी बाढीमा उद्धार चरण सकियो, अब पुनर्लाभ र अस्थायी आवास निर्माणको काम अघि बढ्ने
- सङ्घीय निजामती सेवा विधेयक संसद्मा लैजान सरकारको स्वीकृति, यी हुन् मन्त्रिपरिषद्का प्रमुख निर्णय
- गण्डकीमा बाढीपहिरोको कहर, पुल बग्यो, ६ जनाको मृत्यु
- सोमबारदेखि मौसममा सुधार आउने
- ऊर्जाका आयोजनामा अवरोध गर्नेलाई कारबाही गर्ने सभापति थापाको प्रतिबद्धता
- तीन जिल्लाका छ पालिकामा भारी वर्षाको जोखिम, सतर्क रहन आग्रह
- एमालेमा विद्यादेवी भण्डारीलाई दोस्रो वरीयताको वरिष्ठ नेताको जिम्मेवारी
- भारी वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह
- दुई महिनामा नेपालको वैदेशिक व्यापार ३५ प्रतिशतले बढ्यो
प्रतिकृया दिनुहोस