प्रसूति बिदा ६ महिना पुर्याउने सरकारको प्रस्ताव
- गाउँ सहर संवाददाता
- ६ असोज मंगलबार, २०८३ | ०९:४२:०० मा प्रकाशित
काठमाडौँ। सरकारले सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा कार्यरत महिलाको तलबसहितको प्रसूति बिदा ९८ दिनबाट बढाएर ६ महिना पुर्याउने प्रस्ताव गरेको छ ।
सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधन गर्न बनेको विधेयकमा यस्तो प्रस्ताव गरिएको हो । विधेयक स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले प्रतिनिधि सभामा दर्ता गरेकी हुन्।
विश्व स्वास्थ्य सङ्गठनको सिफारिसअनुसार शिशुलाई जन्मेको छ महिनासम्म पूर्ण स्तनपान गराउनुपर्ने भएकाले कामकाजी महिलालाई पर्याप्त समय उपलब्ध गराउने उद्देश्यले बिदा बढाउन प्रस्ताव गरिएको सरकारले जनाएको छ ।
विधेयकमा पुरुष कर्मचारीको प्रसूति स्याहार बिदा १५ दिनबाट बढाएर ४२ दिन पुर्याउने प्रस्तावसमेत गरिएको छ । चिकित्सकको सिफारिसमा जटिल शल्यक्रिया गर्नुपर्ने अवस्थामा थप ३० दिन बिदा दिने व्यवस्था पनि प्रस्ताव गरिएको छ ।
यस्तै, गर्भावस्थादेखि सुत्केरी अवस्थासम्म महिलामाथि शारीरिक, मानसिक वा यौन हिंसा गर्न नहुने तथा बलपूर्वक गर्भपतन गराउने कार्यलाई कसुर मान्ने गरी कानुनी व्यवस्था थप गर्न प्रस्ताव गरिएको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- संघीय निजामती विधेयक : नयाँ तहगत संरचना प्रस्ताव, अन्य के छन् खास कुरा ?
- भोटेकोशी बाढीमा उद्धार चरण सकियो, अब पुनर्लाभ र अस्थायी आवास निर्माणको काम अघि बढ्ने
- सङ्घीय निजामती सेवा विधेयक संसद्मा लैजान सरकारको स्वीकृति, यी हुन् मन्त्रिपरिषद्का प्रमुख निर्णय
- गण्डकीमा बाढीपहिरोको कहर, पुल बग्यो, ६ जनाको मृत्यु
- सोमबारदेखि मौसममा सुधार आउने
- ऊर्जाका आयोजनामा अवरोध गर्नेलाई कारबाही गर्ने सभापति थापाको प्रतिबद्धता
- तीन जिल्लाका छ पालिकामा भारी वर्षाको जोखिम, सतर्क रहन आग्रह
- एमालेमा विद्यादेवी भण्डारीलाई दोस्रो वरीयताको वरिष्ठ नेताको जिम्मेवारी
- भारी वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह
- दुई महिनामा नेपालको वैदेशिक व्यापार ३५ प्रतिशतले बढ्यो
प्रतिकृया दिनुहोस