खेल

लुम्बिनी लायन्ससँग विराटनगर किंग्स ६ विकेटले पराजित

काठमाडौँ नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा विराटनगर किंग्स लुम्बिनी लायन्ससँग ६ विकेटले पराजित भएको छ।

टसपछि पहिले ब्याटिङ गरेको विराटनगर किंग्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६६ रन बनाएको थियो। विराटनगरले दिएको १६७ रनको लक्ष्य लुम्बिनी लायन्सले १९.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो।

अन्तिम ओभरको पाँचौँ बलमा लक्ष्य पूरा गर्दै लुम्बिनीले रोमाञ्चक जित हात पारेको हो।

यससँगै लुम्बिनी लायन्सले विराटनगर किंग्सविरुद्ध ६ विकेटको जित दर्ता गरेको छ।

गाउँ सहर संवाददाता

तपाईँको मत