खेल

पोखरासँग काठमाडौं गुर्खाज ५५ रनले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा काठमाडौं गुर्खाज पोखरा एभेन्जर्ससँग ५५ रनले पराजित भएको छ ।

पोखरा एभेन्जर्सले दिएको २२५ रनको विशाल लक्ष्य पछ्याएको काठमाडौं गुर्खाज १९.५ ओभरमा १६९ रनमै समेटियो । काठमाडौंका सबै १० विकेट गुमेपछि पोखराले ५५ रनको जित निकालेको हो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २२४ रन बनाएको थियो ।

पोखराले प्रस्तुत गरेको २२५ रनको लक्ष्य काठमाडौंले पूरा गर्न सकेन । १९.५ ओभरमा अन्तिम विकेट गुमाएसँगै खेल पोखराको पक्षमा गएको हो ।

खेलको नतिजा

  • पोखरा एभेन्जर्स : २२४/३ (२० ओभर)

  • काठमाडौं गुर्खाज : १६९/१० (१९.५ ओभर)

  • नतिजा : पोखरा एभेन्जर्स ५५ रनले विजयी ।

गाउँ सहर संवाददाता

तपाईँको मत