गाउँ सहर
छठको रौनक: अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर सम्पन्न भयो ‘सझिया अरख’
- गाउँ सहर संवाददाता
- २९ कार्तिक आइतबार, २०८३ | १८:४७:०० मा प्रकाशित
महोत्तरी। लोकआस्थाको महापर्व छठअन्तर्गत अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर आइतबार साँझ ‘सझिया अरख’ विधि सम्पन्न गरिएको छ।
महोत्तरीसहित मिथिला क्षेत्रमा व्रतालुले नदी, तलाउ तथा विभिन्न जलाशयमा बनाइएका घाटमा पुगेर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिएका हुन्। मिथिला र विद्यापति पञ्चाङ्गअनुसार आइतबार साँझ ५:१० बजे सूर्यास्तको समयमा अर्घ्य दिइएको हो।
यसअघि व्रतालुले छठको पहिलो दिन ‘नहाय–खाय’ र दोस्रो दिन ‘खरना’ विधि सम्पन्न गरेका थिए। अब सोमबार बिहान उदाउँदो सूर्यलाई दोस्रो अर्घ्य दिएसँगै छठ पर्व सम्पन्न हुनेछ। पञ्चाङ्गअनुसार सोमबार बिहान ६:२६ बजे सूर्योदय हुने जनाइएको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पोखरासँग काठमाडौं गुर्खाज ५५ रनले पराजित
- रारातर्फ जाँदै गरेको हाइलक्स ६ सय मिटर तल खस्यो, तीन जनाको मृत्यु, दुई घाइते
- एनपीएल–३ : कर्णाली याक्ससँग पराजित हुँदै चितवनले लिग चरण टुंग्यायो
- मधेशका आठै जिल्लामा छठको रौनक, जनकपुरधामका पोखरी झकिझकाउ
- छठ पर्वमा प्रधानमन्त्री बालेनको शुभकामना : सुशासन, सामाजिक न्याय र समृद्धिको संकल्प पूरा होस्
- एनपीएल : लिग चरणका अन्तिम दुई खेल आज, दोस्रो स्थानका लागि काठमाडौंको प्रतिस्पर्धा
- लुम्बिनी लायन्ससँग विराटनगर किंग्स ६ विकेटले पराजित
- एनपीएलमा आज विराटनगर किङ्स र लुम्बिनी लायन्स भिड्दै
- नेपाल राष्ट्र बैंकमा ६१ जनालाई रोजगारीको अवसर, खुल्यो आवेदन
- आज छठ पर्वको ‘खरना’, साँझ खीर प्रसाद ग्रहण गरिँदै
प्रतिकृया दिनुहोस