खेल

एनपीएल–३ : कर्णाली याक्ससँग पराजित हुँदै चितवनले लिग चरण टुंग्यायो

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई २४ रनले पराजित गरेको छ।

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा आइतबार भएको खेलमा १५४ रनको लक्ष्य पछ्याएको चितवन राइनोज १९.१ ओभरमा १२९ रनमै समेटियो। चितवनलाई अलआउट गर्दै कर्णालीले प्रतियोगितामा सुखद जितसहित लिग चरणको अन्त्य गरेको हो।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५३ रन बनाएको थियो। जवाफमा चितवनले लक्ष्य भेट्टाउन सकेन।

लिग चरणमा चौथो स्थानमा रहँदै प्लेअफमा प्रवेश गरेको चितवनले अब बुधबार इलिमिनेटर खेल्नेछ। उक्त खेल जित्दै चितवन दोस्रो क्वालिफायरमा स्थान बनाउने लक्ष्यमा हुनेछ।

कर्णालीका लागि भने चितवनमाथिको यो जित एनपीएल–३ को लिग चरणको सुखद समापन बनेको छ।

गाउँ सहर संवाददाता

तपाईँको मत