रारातर्फ जाँदै गरेको हाइलक्स ६ सय मिटर तल खस्यो, तीन जनाको मृत्यु, दुई घाइते
- गाउँ सहर संवाददाता
- २९ कार्तिक आइतबार, २०८३ | १९:०१:०० मा प्रकाशित
मुगु। मुगुमा हाइलक्स गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार शुक्रबार दिउँसो ४ः४५ बजे छायानाथ रारा नगरपालिका–७ टोप्लास्थित ताल्चा–रारा सडकखण्डमा सुर्खेतबाट रारातर्फ जाँदै गरेको बा १७ च १८६४ नम्बरको हाइलक्स गाडी अनियन्त्रित भई करिब ६ सय मिटर तल खसेको हो।
दुर्घटनामा काठमाडौं कलंकीका ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश बिडारी र ५० वर्षीय पूर्णकुमार थापाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक रवि राज थपलियाले जानकारी दिए।
दुर्घटनामा चालक ललितपुर महानगरपालिका–१५ का ५८ वर्षीय कञ्चन थापा र सोही ठाउँकी ५४ वर्षीया अञ्जु थापा मध्यम घाइते भएका छन्।
प्रहरीले पाँचै जनाको उद्धार गरी जिल्ला अस्पताल मुगु पुर्याएको थियो। अस्पतालले तीन जनालाई मृत घोषणा गरेको हो। दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पोखरासँग काठमाडौं गुर्खाज ५५ रनले पराजित
- छठको रौनक: अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर सम्पन्न भयो ‘सझिया अरख’
- एनपीएल–३ : कर्णाली याक्ससँग पराजित हुँदै चितवनले लिग चरण टुंग्यायो
- मधेशका आठै जिल्लामा छठको रौनक, जनकपुरधामका पोखरी झकिझकाउ
- छठ पर्वमा प्रधानमन्त्री बालेनको शुभकामना : सुशासन, सामाजिक न्याय र समृद्धिको संकल्प पूरा होस्
- एनपीएल : लिग चरणका अन्तिम दुई खेल आज, दोस्रो स्थानका लागि काठमाडौंको प्रतिस्पर्धा
- लुम्बिनी लायन्ससँग विराटनगर किंग्स ६ विकेटले पराजित
- एनपीएलमा आज विराटनगर किङ्स र लुम्बिनी लायन्स भिड्दै
- नेपाल राष्ट्र बैंकमा ६१ जनालाई रोजगारीको अवसर, खुल्यो आवेदन
- आज छठ पर्वको ‘खरना’, साँझ खीर प्रसाद ग्रहण गरिँदै
प्रतिकृया दिनुहोस