सर्लाहीको बागमतीमा बस दुर्घटना, तीन जनाको मृत्यु
- गाउँ सहर संवाददाता
- ६ असार बिहीबार, २०८१ | १०:१९:०० मा प्रकाशित
बरहथवा (सर्लाही) । बागमती नगरपालिकास्थित रायमाझी चोकमा आज बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । केही गम्भीर घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्गस्थित बागमती नगरपालिका-११, रायमाझी चोकमा रोकेर राखेको लरीमा यात्रीबाहक बस ठोक्किंदा रुपन्देहीको मायादेवी गाउँपालिका निवासी हरिबहादुर चौधरी, ८५ वर्षका दशरथ कोहार र ५० वर्षका रामकरण केवटको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनालगत्तै उद्धार गरी उनीहरूलाई हरिवनस्थित नमूना अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिए ।
रुपन्देहीबाट जनकपुरतर्फ आइरहेको बस दुर्घटना भएको हो । बसमा ४० जना सवार रहेका प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएकाहरुको जनकपुर, वीरगञ्ज तथा स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पोखरासँग काठमाडौं गुर्खाज ५५ रनले पराजित
- रारातर्फ जाँदै गरेको हाइलक्स ६ सय मिटर तल खस्यो, तीन जनाको मृत्यु, दुई घाइते
- छठको रौनक: अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर सम्पन्न भयो ‘सझिया अरख’
- एनपीएल–३ : कर्णाली याक्ससँग पराजित हुँदै चितवनले लिग चरण टुंग्यायो
- मधेशका आठै जिल्लामा छठको रौनक, जनकपुरधामका पोखरी झकिझकाउ
- छठ पर्वमा प्रधानमन्त्री बालेनको शुभकामना : सुशासन, सामाजिक न्याय र समृद्धिको संकल्प पूरा होस्
- एनपीएल : लिग चरणका अन्तिम दुई खेल आज, दोस्रो स्थानका लागि काठमाडौंको प्रतिस्पर्धा
- लुम्बिनी लायन्ससँग विराटनगर किंग्स ६ विकेटले पराजित
- एनपीएलमा आज विराटनगर किङ्स र लुम्बिनी लायन्स भिड्दै
- नेपाल राष्ट्र बैंकमा ६१ जनालाई रोजगारीको अवसर, खुल्यो आवेदन
प्रतिकृया दिनुहोस