करेन्ट लागेर दाङमा एकै घरका तीन जनाको मृत्यु
- गाउँ सहर संवाददाता
- १० चैत शनिबार, २०८० | १८:३६:०० मा प्रकाशित
घोराही । दाङमा करेन्ट लागेर एकै घरका तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा राप्ती गाउँपालिका-३ घण्टदेव चोक निवासी ५५ वर्षीया दिलसरा केसी, उनका श्रीमान ६० वर्षीय गोरखबहादुर केसी र चार वर्षीय नाती कृष्ण केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिएका छन्।
प्रहरी नायव उपरीक्षक मल्लका अनुसार शनिबार दिउँसो हाइटेन्सन लाइनको विद्युतको तार चुडिएर घरको आगनमा खस्दा करेन्ट लागेर दिलसरा र नाती कृष्णको घटनास्थलमै मृत्यु भएको थियो। करेन्ट लागेर गम्भीर घाइते हुनुभएका गोरखको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
नेपाल विद्युत प्राधिकरणको हाइटेन्सन लाइनको तार एक्कासी चुँडिएर घरको आँगनमा खस्दा उनीहरुको करेन्ट लागेर मृत्यु भएको प्रहरी नायव उपरीक्षक मल्लले जानकारी दिएका छन् ।
मल्लले भनु,‘दिउँसोको समयमा एक्कली हाइटेन्सन लाइनको तार चुडिएर घरको आँगनमा खसेको रहेछ, त्यही तारमा पर्दा एकै घरका तीन जनाको मृत्यु हुन पुगेको छ।’
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पोखरासँग काठमाडौं गुर्खाज ५५ रनले पराजित
- रारातर्फ जाँदै गरेको हाइलक्स ६ सय मिटर तल खस्यो, तीन जनाको मृत्यु, दुई घाइते
- छठको रौनक: अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर सम्पन्न भयो ‘सझिया अरख’
- एनपीएल–३ : कर्णाली याक्ससँग पराजित हुँदै चितवनले लिग चरण टुंग्यायो
- मधेशका आठै जिल्लामा छठको रौनक, जनकपुरधामका पोखरी झकिझकाउ
- छठ पर्वमा प्रधानमन्त्री बालेनको शुभकामना : सुशासन, सामाजिक न्याय र समृद्धिको संकल्प पूरा होस्
- एनपीएल : लिग चरणका अन्तिम दुई खेल आज, दोस्रो स्थानका लागि काठमाडौंको प्रतिस्पर्धा
- लुम्बिनी लायन्ससँग विराटनगर किंग्स ६ विकेटले पराजित
- एनपीएलमा आज विराटनगर किङ्स र लुम्बिनी लायन्स भिड्दै
- नेपाल राष्ट्र बैंकमा ६१ जनालाई रोजगारीको अवसर, खुल्यो आवेदन
प्रतिकृया दिनुहोस