गाउँ सहर

श्रमिकको स्वास्थ सुरक्षा, रोजगारीको संरक्षण गर्न संयाेजक हुमागाँइकाे आग्रह

काठमाडाैं । नेपाली कांग्रेस केन्द्रीय श्रमिक तथा ट्रेड युनियन विभागले श्रमिकको स्वास्थ सुरक्षा, रोजगारीको संरक्षण, आर्थिक पुनरुत्थान, सामाजिक सुरक्षा, आप्रवासी श्रमिकको सुरक्षा एंव सुरक्षित जीवन बाँच्ने अधिकार सुनिश्चित गर्न समृद्ध मुलुकका सरकार एंव नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराएकाे छ । 

विभागका संयाेजक शिव प्रसाद हुमागाँइले एक प्रेस विज्ञप्ती जारी गर्दै श्रमजीवीहरुको जीवन र जनजीविकामा पार्ने असरलाई न्यूनीकरण गर्दै श्रमिकको स्वास्थ्य सुरक्षा रोजगारीको संरक्षण, आर्थिक पुनरुत्थान, सामाजिक सुरक्षा, आप्रवासी श्रमिकको सुरक्षा एंव सुरक्षित जीवन बाँच्ने अधिकार सुनिश्चित गर्न समृद्ध मुलुकका सरकार एंव नेपाल सरकारको ध्यानाकर्षण गराएका हुन् । 

१३१औं अन्तराष्ट्रिय श्रमिक दिवस (मे डे) को अवसरमा संयाेजक हुमागाँइद्वारा जारी विज्ञप्तीमा भनिएकाे छ- 'विश्वका सम्पूर्ण श्रमजीवी एंव आम नागरिक विश्वव्यापी कोरोना भाइरस महामारीबाट आक्रान्त भई रहेका छन् र लाखौं श्रमिक र जनता संक्रमणको शिकार बनेका छन् भने लाखौं जनता र श्रमजीवी मृत्युवरण गर्न बाध्य भएका छन् । संक्रमणबाट मृत्युवरण गरेका श्रमिक तथा आमनागरिक प्रति गहिरो श्रद्धाञ्जली व्यक्त गर्दै उपचाररत सबैको शिघ्र स्वास्थ लाभको कामना गर्दछु ।'

स्वदेश तथा विदेशमा रहेका श्रमजीवीहरु प्रति हार्दिक सम्मान एंव शुभेच्छा प्रकट गर्दै उनले यस पटकको मे दिवस अत्यन्त जटिल परिस्थितीमा सम्पन्न भएकाेले महामारीबाट नेपाल लगायत विश्वका श्रमिकहरुले रोजगारी गुमेको, खोसिएको र बेरोजगार भई आश्रित परिवारको समेत भाग्य र भविष्य अन्धकार बन्न पुगेको बताएका छन् ।

महामारी विरुद्ध लड्न र काेभिड-१९ लाई परास्त गर्न सम्पूर्ण राजनीतिक दल, श्रमिक संगठन र आम नेपाली एकतावद्ध हुन विभागको तर्फबाट अपील गरेका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत