गाउँ सहर

नारायणी नदीमा डुङ्गा पल्टिँदा एक जना बेपता

  • अंगद यादव
  • ३१ भदौ बुधबार, २०७७ | १२:००:०० मा प्रकाशित

नवलपरासी पश्चिम । नवलपरासी पश्चिमको नारायणी नदिमा डुङ्गा डुबेर एक पुरुष बेपत्ता भएका छन् ।

सुस्ता गाउँपालिका वार्ड न.-५ पक्लिहवाको अनुमोघाट बाट नदी पारी सुस्तामा जनता आवास बनाउनको लागि इँट्टा बोकेर जाँदै गरेको डुङ्गा नारायणी नदीमा डुबेपछि डुङ्गामा काम गर्ने एक ब्यक्ति नदीमा डुबेर बेपत्ता भएका हुन् ।

डुङ्गामा ७ जना काम गर्ने ब्यक्तिहरु रहेका थिए भने ६ जना आफैँ पौडी खेलेर निस्केका छ्न् ।

नारायणी नदीमा डुबेर बेपत्ता भएको ब्यक्तिको खोजी कार्य भइरहेको र बेपत्ता भएको ब्यक्ति भारतीय नागरिक अन्दाजी वर्ष ३२ को पुरुष रहेको र उनको थप पहिचान नखुलेको प्रहरी चौकी रामनगरले जनाएको छ ।

अंगद यादव

तपाईँको मत