गाउँ सहर

जर्सी गाईसहित अबैध मालसामान प्रहरीको नियन्त्रणमा 

  • अंगद यादव
  • १५ असोज बिहीबार, २०७७ | २१:२१:०० मा प्रकाशित

नवलपरासी पश्चिम । नवलपरासी पश्चिमको बिभिन्न ठाँउहरुबाट २ वटा  जर्सी गाईसहित १ लाख ७१ हजार ५ सय मूल्य बराबरको अबैध मालसामान प्रहरीले नियन्त्रणमा लिएको  छ ।

बिहीबार सरावल गाँउपालिका वडा नं.-४ ललितपुर स्थित भारतबाट नेपाल तर्फ अबैधरुपमा मानिसले  डोहोर्याउदै  ल्याउदै  गरेको करिब ८० हजार मुल्य बराबरको २ वटा गाई सिमा प्रहरी चौकी महेशपुरले नियन्त्रणमा लिएको छ । 

यसैगरी  सोही गाउँपालिका वडा नं.-७ बर्गदवामा  नेपालबाट भारत तर्फ अबैधरुपमा  लैजादै गरेको  करिब १३ हजार ५ सय मुल्य बराबरको ७ बोरा हरियो मटर (केराउ) प्रहरी चौकी भुजहवाले नियन्त्रणमा लिएको हो ।

त्यसैगरी  पाल्हिनन्दन गाउँपालिका वडा नं.-२ मुडेरामा  नेपालबाट भारत तर्फ अबैधरुपमा लैजादै गरेको ७८ हजार बराबरको २५ बोरा मटर (केराउ) ईलाका प्रहरी कार्यालय अमानीगंजले नियन्त्रणमा लिएको हो ।

उक्त मटर मानिसहरुले  साईकल तथा मोटरसाईकलमा राखी लैजादै गर्दा प्रहरी टोलीलाई देखेपछी  बोरा फाली भागेका थिए ।

नियन्त्रणमा लिएको गाई सहित मटर (केराउ) आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय पठाइएको  जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सुचना अधिकारी राजु लामाले बताएका छन  ।

अंगद यादव

तपाईँको मत