गाउँ सहर

भोजका लागि खाना बनाउने क्रममा आगलागी हुँदा तीन घर जलेर नष्ट 

  • अंगद यादव
  • १२ चैत बिहीबार, २०७७ | ०९:२५:०० मा प्रकाशित

नवलपरासी पश्चिम । नवलपरासी पश्चिमकाे प्रतापपुर गाउँपालिका वडा नं.- ४ काे पचफेडामा बुधबार भीषण आगलागी हुँदा तीन घर जलेर नष्ट भएकाे छ ।

स्थानीय उमेश राजभरकाे घरमा भाेजकाे लागि खाना पकाईरहेकाे खाना पकाउने ग्यास अचानक पडकेर आगलागी भएकाे पचफेडा प्रहरी चाैकीका ईन्चार्ज धनबहादुर थापाले जानकारी दिए ।

आगलागीबाट राजकुमार राजभर, उमेश राजभर र रबिन्द्र राजभरकाे घर जलेर पूर्ण रुपमा नष्ट भएकाे छ । जसमा उमेशराजभरकाे ७ लाख ९२ हजार, रबिन्द्र राजभरकाे ५ लाख ७५ हजार र राजकुमार राजभरकाे १० लाख ३४ हजार गरि कुल २४ लाख १ हजार बराबरको क्षति भएकाे बताईएकाे सशस्त्र प्रहरी बलका निरिक्षक धनबहादुर बुढाथोकीले जानकारी दिए ।

आगलागी भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानिय लगायतले आगलागी नियन्त्रणमा लिएकाे सशस्त्र प्रहरी बल भैरवपुरका निरिक्षक गणेश पाण्डेले बताए ।

आगलागीबाट पिडित परिवारलाई प्रतापपुर गाउँपालिका वडा नं- ४ का वडा अध्यक्ष जन्त्री प्रसाद बरईले तत्काल चामल, दाल, तरकारी, नुन र तेल उपलब्ध गराएका थिए । 

अंगद यादव

तपाईँको मत