गाउँ सहर

अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै छठ श्रद्धालु

  • अंगद यादव
  • ५ मङ्सिर शुक्रबार, २०७७ | १८:५२:०० मा प्रकाशित

नवलपरासी पश्चिम । तराईको जिल्ला लगायत नवलपरासी पश्चिममा छठ पर्व अन्तर्गत शक्रबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइएको छ । जिल्लाका विभिन्न स्थानका नदी, नहर र पोखरीमा जम्मा भएका श्रद्धालुहरुले समेत शनिबार साँझ सूर्यलाई अर्घ्य दिएका हुन्  । 

आजका दिन व्रत गर्ने महिला र पुरुषहरुले साँझ अस्ताउँदै गरेको सूर्य देवतालाई नदी नहर पोखरी वा पवित्र जलाशयमा उभेर माटोले निर्मित भाँडा वर्तन, कनसुप्ति, छिट्टा (बाँसले निर्मित सामाग्री) सहितका भाँडा वर्तनमा राखिए केरा, स्याऊ, ठेकुवा, भूस्बा, खाजा, लड्डू सहितका सामग्रीहरु सूर्य देवतालाई चढाउने गर्दछन् ।

सन्तानको प्राप्ति र लामो आयुका लागि गरिने छठ पर्व गर्दा छाला सम्बन्धी रोग समेत नलाग्ने जनविश्वास रहेको छ ।

छठ पर्व भोलि बिहान उदाउँदै गरेको सूर्यलाई त्यही अर्घ्य गर्दै छठ पर्व सम्पन्न हुनेछ भने दुई दिन लगातार निराहार व्रत बसेका व्रतालुहरुले उक्त दिन व्रत तोड्दै पारन गर्नेछन् ।

हिमाल, पहाड र तराईवासीलाई एकै सूत्रमा जोड्ने सेतुका रूपमा स्थापित भइसकेको बुझिएको छ ।

कोरोना महामारीका कारण यसवर्ष घरघरमै छठ पर्व मनाउने तयारी भइरहेको छ । सरकारले पनि घरमै छठ पर्व मनाउन अनुरोध गरेको छ ।

अंगद यादव

तपाईँको मत